सञ्चार नीतिमा मिडियाको फरक भूमिकाः विष्ट



कोहलपुर चेत्र २१
नेपाल पत्रकार महासँघका केन्द्रीय अध्यक्ष महेन्द्र बिष्टले अवको सञ्चार नीतिमा मिडियाको स्वामित्व फरक भएको बताएक ा छन् । नेपालगञ्जमा शनिबार आयोजित सञ्चार नीतिमा लैङ्गिीक समानता बिषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मिडियाको हरेक तहमा महिला सहभागिताको जोड दिँदै उनले पत्रकार महासंघलाई पनि पुनः संरचना गरिरहेको जानकारी दिए । उनले गलत सूचनाको दायित्व भोग स्वयं सञ्चार माध्यम भएकाले समाज प्रति अत्यन्त जिम्मेवार हुनुपर्ने सुझाव दिए । मिडियामा जे बनाएपनि प्रेस फ्रिडम अनिवार्य रहेको बताए । मिडिया जहिलेपनि उत्तरदायी र जिम्मेवारी हुनु जरुरी रहेको बताए ।
पुर्ण जिम्मेवारी, पुर्ण जवाफ देहि पुर्ण उत्तरदायिको सोसाईटीको जुन किसिमको जिम्मेवारी छ मिडियामा उतार्न जरुरी रहेको बताए । आर्थिक समृद्धि नै नेपाली मिडियाको प्रथामिकता हुन अति आवश्यक रहेको बताउनुभयो ।
मिडिया एड्भोकेसी ग्रुप र युएन ओमेनको संयुक्त आयोजनामा भएको कार्यक्रममा सहभागी पत्रकारहरुले सञ्चार नीतिमा लैङ्गिीक समानताका लागि महिलाको क्षमता अभिबृद्धि गरेर मात्र कोटा छुट्टयाउनु पर्ने बताएका थिए । दक्ष पत्रकार महिलालाई उचित स्थान र उचित पारिश्रमिकको ब्यवस्था हुनुपर्नेमा जोड दिँदै सहभागीले पत्रकार उत्पादन भन्दा उनीहरुलाई टिकाई राख्नुपर्ने तर्फ ध्यान दिन आग्रह गरेका थिए ।
सञ्चार नीतिमा लैङ्गीक समानता बिषयक कार्यक्रम लगत्तै पत्रकारका लागि नागरिक शिक्षा तालिम सुरु गरिएको थियो । तालिममा एफ.ई.एस नेपालका चन्द्र देव भट्टले नागरिक शिक्षाका बारेमा सहजीकरण गरेका थिए । यसैगरी नागरिक पत्रकारिताका बारेमा नेपाल पत्रकार महासंघका अध्यक्ष बिष्टले प्रष्ट पार्नुभएको थियो ।
दुई दिन सम्म सञ्चालन हुने तलिममा बाँके, बर्दिया, दाङ र सुर्खेतका करिब दुई दर्जन बढी पत्रकारको सहभागिता रहेको
छ ।

  • No tags available
प्रकाशित मिति : २०७२ चैत २१ गते आइतबार