8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

भेरी ट्रकको साधारणसभा सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, चैत्र २०, २०७२  

कोहलपुर, चैत्र २०
भेरी अंचल ट्रक, मिनि ट्रक, ट्याङकर यातायात व्यवसायी समिति बाँकेको १७ औं बार्षिक साधारणसभा शुक्रबार नेपालगन्जमा सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल ट्रक यातायात महासंघका केन्द्रिय अध्यक्ष अर्जुन रानाभाटले भारतले गरेको अघोषित नाकाबन्दिको मार सबैभन्दा बढी मार ट्रक व्यवसायी समिति परेको बताए । नाकाबन्दीको असर ट्रक व्यवसायीलाई मात्र भएको बताउँदै केन्द्रिय अध्यक्ष रानाभाटले यातायात व्यवासयीलाई राज्यको हेर्ने दृष्टिकोण नै फरक भएको कारण ट्रक व्यवसायीलाई ठूलो समस्या परेको बताए । आफुले व्यवसायीको हक हितका लागि पहल गरिरहे पनि राज्य तर्फबाट सुनवाई नहुँदा व्यवसायीहरु बारम्बार मारमा पर्ने गरेको उनको आरोप छ ।
कार्यक्रममा वरिष्ठ केन्द्रिय उपाध्यक्ष हिरालाल श्रेष्ठले ढुवानी व्यवसायी व्यवसायीक वर्गिय हिसावले मध्यम वर्गिय रहेको हुँदा आफूहरुलाई मात्र नभएर देशलाई समृद्धीको दिशा तर्फ अघि बढाउने महत्वपुर्ण भूमिका खेलेको
बताए । समितिको बाँकेका ३ सय ५० सदस्य रहेका छन् भने देशभरिका २६ समितिमा कुल २० हजार बढी सदस्य रहेको बाँकेका संस्थापक अध्यक्ष मोहन
सिंह केसीले जानकारी गराए ।
साधारणसभामा समितिका कोषाध्यक्ष र महासचिवले प्रगति तथा आर्थिक प्रतिवेदन पेश गरेका थिए । अध्यक्ष खेमराज सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय महासचिव राजन कुमार श्रेष्ठ, कोषाध्यक्ष राजेन्द्र बानिया लगायतको उपस्थिति थियो ।

प्रकाशित मितिः शनिबार, चैत्र २०, २०७२     11:08:36 AM  |