पिपिआर रोगले बाख्रा मरे



कोहलपुर, चैत्र १९
बाँकेको फत्तेपुर गाविसमा पिपिआर रोगबाट दुई दर्जन बाख्रा मरेका छन् ।
बाख्राको पकेट क्षेत्रका रुपमा रहेको फत्तेपुर गाविसको वडा नम्बर ६, ७ र ८ मा एक महिनाको अवधिमा २५ वटा बाख्रा मरेका जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।
यसअघि गाविसका सबै बाख्रालाई पिपिआर रोगको खोप लगाइएको भएपनि पछिल्लो पटक हेफर नामक संस्थाले भारतबाट ल्याएर वितरण गरेका बाख्रामा पिपिआर रोग हुन सक्ने र तिनै बाख्राबाट संक्रमण फैलिएको हुन सक्ने पशु सेवा कार्यालयका प्रमुख बेदबहादुर केसीले बताए ।
रोगको प्रकोप देखिएपछि अहिले फेरि सबै बाख्रालाई रिङ्ग भ्याक्सिनेशनबाट खोप दिने कार्य भइरहेको केसीले जानकारी
दिए । पशु कार्यालय र हेफरको संयुक्त टोली खटिएर भ्याक्सिन दिइरहेको उनले बताए । १५ हजार बाख्रा रहेको फत्तेपुरमा १० प्रतिशतमा पिपिआर रोग हुन सक्ने अनुमान रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७२ चैत १९ गते शुक्रबार