जरायो सिङ् निकुञ्जलाई बुझाइयो



कोहलपुर, चेत्र १८
घरमा अवैध रुपमा राखिएको जरायोको सिङ् बाँके निकुञ्जलाई बुधबार बुझाइएको छ । एक कार्यक्रमको आयोजना गर्दै ग्रिनयुथ नेपाल बाँके अध्यक्ष चन्द्रकला बस्नेतले बाँके निकुञ्जका सूचना अधिकारी रविन चौधरीलाई जरायोको एकथान सिङ हस्तान्तरण गरेकी हुन् ।
नाम उल्लेख नगर्ने सर्तमा एक व्यक्तिले धेरै वर्षअघि घरमा राखेको जरायोको सिङ् बुधबार ग्रिनयुथलाई बुझाएको र बुधबार नै ग्रिनयुथले निकुञ्जलाई हस्तान्तरण गरेको ग्रिनयुथकी अध्यक्ष बस्नेतले बताइन् । उनले आफूसँग भएका आखेटोपहारहरु निकुञ्जमा बुझाउन समेत सबैलाई आग्रह गरेकी
छन् ।
अवैध रुपमा कसैले पनि जनावरका सिङ, छाला, हड्डी लगायतका आखेटो पहारहरु राख्न नहुने निकुञ्जका सूचना अधिकारी चौधरीले बताए । उनले कसैले राखेको खण्डमा दण्ड, सजाय र जरिवानाको भागिदार हुने जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७२ चैत १८ गते बिहीबार