4 March 2021  |   बिहिबार, फाल्गुन २०, २०७७

जब रोए पर्यटन राज्यमन्त्री…

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, चैत्र १८, २०७२  

कोहलपुर, चैत्र १८
बिहान ८ बजेको समय । गाभर मिनी भ्यालीको घर नं. ५ मुगाली होमस्टे । पर्यटन राज्य मन्त्री बलबहादुर महत गाभरमा बसोबास गर्दै आएका कर्णालीवासीसँग गफ गर्दै थिए । कर्णालीवासी मन्त्री महत मुगाली विशेष परिकारको स्वाद चाख्दै आफ्ना विगत सम्झिन पुगे ।
त्यसपछि थियो, गाभरस्थित स्वागत गेटको शिलन्यास गर्ने । शिलन्यास अघि उनी कर्णालीवासी भेट्न गाभरका घरघरमा पुगे । कर्णालीवासीसँग भलाकुसारी गर्दा उनी भावुक
भए । स्वागत गेटको शिलन्यास गर्दैगर्दा उनका आँखाबाट आँशु झरे । बोल्दा बोल्दै उनी भक्कानिन पुगे ।
धैरै वर्षअघि छुटिएर गाभरमा बसोबास गर्दै आएका कर्णालीवासीसँग भेटघाट गर्न पाउँदा आँशु थाम्न नसकेको उनले बताए ।
गाभर भ्यालीको विकासका लागि आफ्नोतर्फबाट हुने सहयोग गर्न तत्पर रहेको बताएका छन् । गाभरको पर्यटकीय क्षेत्रका लागि केही बजेट छुट्याउनका लागि प्रस्ताव गरिसकेको बताउँदै उनले आफूले व्यक्तिगत रुपमा पनि यस क्षेत्रको विकासका लागि लागिपर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मितिः बिहिबार, चैत्र १८, २०७२     1:20:29 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *