25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

मनिकापुरवासीको गुनासो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, चैत्र १७, २०७२  

कोहलपुर, चैत्र १७
बाँके मनिकापुरका स्थानीयबासीहरुले राँझामा बिमानस्थल भएपनि बिमानस्थल भएको महसुस गर्न नसकेको गुनासो गरेका छन् ।
श्रृजनशिल आमा समुह तथा अग्रगामी महिला बचत तथा ऋण सहकारी सँस्था लिमीटेड मनिकापुरले आयोजना गरेको नयाँ बर्षको शुभकामना परिचयात्मक तथा अन्र्तकृयामा सहभागीहरुले यस्तो गुनासो गरेका हुन् ।
उनिहरुले राझा बिमानस्थलको प्रबेशद्वार शुरु हुँदा बित्तिकै जिर्ण सडक र धुलाम्मे सडकका कारण स्थानीयबासी र यात्रुहरुले पीडा खेप्नु परेको गुनासो गरेका छन् । कार्यक्रममा सहभागी बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थ,नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, होटल अर्गनाइजेशनका बरिष्ठ केन्द्रिय उपाध्यक्ष भारष्कर काफले लगाएतका अतिथीहरुलाइ उनिहरुले यस्तो गुनासो गरेका
हुन् ।
उनिहरुले ढल निकास नभएको सडक बत्ति नभएको सडक कालोपत्रे नभएको शान्ति सुरक्षाको महसुस गर्न नसकेको लागुऔषधको कारोबारमा बृद्धि भएको जस्ता समस्याहरु प्रमुख जिल्ला अधिकारी समक्ष राखेका थिए ।
स्थानीयका समस्याहरुको तत्काल गर्न सकिने समाधान गरिने बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले आश्वासन दिएका छन् ।

प्रकाशित मितिः बुधबार, चैत्र १७, २०७२     1:37:14 PM  |