कांग्रेस कोहलपुर वडा नं. ११ ले पूर्णता पायो



 

कोहलपुर, चैत्र १५
नेपाली कांग्रेस वडा नं. ११ को नयाँ कार्यसमितिले पूर्णता पाएको छ । सोमबार बसेको बैठकले उपसभापतीमा रामु लम्साल, सदस्यहरुमा चिर्कु थारु, कमलाकान्ती पौडेल, रामगोपाल थारु, प्रताप देवकोटा, दिपक बहादुर भण्डारी, मणि गैरे र राधा घिमिरे मनोनित गरेको छ । त्यस्तै सल्लाहकारमा यमबहादुर गैरे र विपी उपाध्यायलाई मनोनित गरिएको छ ।
बैठकले वडा नं. ११ को कार्यसमिति अन्तरगत नै चण्डिप्रसाद गैरेको सभापतित्वमा ९ सदस्यीय बुथ इकाई समिति समेत गठन गरेको छ । साथै ३ सदस्यीय सल्लाहकार समिति समेत चयन गरिएको छ । वडा नं. ११ को छिट्टै वडा कार्यालय स्थापना गरिने उपसभापती रामु लम्सालले जानकारी दिए । सभापती मोहनप्रसाद चापागाइको सभापतित्वमा भएको बैठकको सञ्चालन सचिव प्रकाशकुमार वलीले गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७२ चैत १६ गते मंगलबार