27 November 2020  |   शुक्रबार, मंसिर १२, २०७७

बालिकाको बलात्कारपछि हत्या, भिनाजु पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, चैत्र १६, २०७२  

सल्यान, चैत १६ गते । सल्यानमा एक बालिकाको बलात्कारपछि हत्या भएको थाहा भएको छ । एक साता अघि कालागाउँ गाविस–८ झारकाडाकी ९ वर्षकी बालिकाको बलात्कारपछि हत्या भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा बालिकाको भिनाजु नाता पर्ने २२ वर्षका एक पुरुष पक्राउ परेका छन् । बालिकाको रगत बगेको र घाँटीमा निलडाम देखिएको सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विनोद खड्काले बताउनुभयो । उहाँका अनुसार बालिकाको शव स्थानीय बासिन्दाले आइतबार फेला पारेर प्रहरीलाई खबर गरेपछि घटनाको बारेमा थाहा भएको हो ।

कालागाउँमा ससुराली गएका ती पुरुषले घरमा कोही नभएको बेला बालिकालाई घर नजिकै लगेर बलात्कारपछि हत्या गरेको प्रहरीले बताएको छ ।

स्थानीय सरस्वती प्राविमा कक्षा ३ मा अध्ययनरत बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । बलात्कारका आरोपितलाई भने जिल्ला प्रहरी कार्यालय सल्यानमा राखिएको प्रहरी प्रवक्ता खड्काले बताउनुभयो । रासस

प्रकाशित मितिः मङ्लबार, चैत्र १६, २०७२     2:36:34 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *