24 September 2023  |   आइतवार, अशोज ७, २०८०

बाँकेका थारु समुदायका महिलाहरु खुसी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, चैत्र १५, २०७२  

कोहलपुर, चैत्र १५
कुनै बेला काम नभएर फुर्सदमा बस्ने महिलाहरु आजकाल समुहमा बस्न थालेपछी सामुहीक काममा सकृय हुन थालेका छन । बिगतमा सामान्य कामका लागी पनि अरुसंग हात जोड्नुपर्ने अबस्थामा अब सामुहीक रुपमा सकृय हुन थालेपछी बाँकेका थारु समुदायका महिलाहरु खुसी देखीएका छन । समुहले आफुहरुलाई धेरैपरिवर्तन गरेको उनिहरुको भनाई छ । गाउँमै उनीहरुले विभिन्न नाम राखेर समुह गठन गरेका छन् । समुहमा नियमित बचत गर्ने, ऋण प्रवाह गर्ने, करेसाबारीमै तरकारी उत्पादन गरी आम्दानी गर्न थालेपछि उनीहरुको आर्यआर्जन बढेको छ । आयआर्जन बढेसंगै दैनिकी पनि फेरिएको बनकटवा ३ पेडारीका सुनौलो स्वयम सहायत समुहका सचिव संगिता थारुको भनाई छ । तरकारी किन्न पहिला श्रीमानसंग पैसा माग्नु पथ्र्यो तर अहिले आफै खाली जग्गामा तरकारी उत्पादन गर्दा सन्तुष्ट भएको बनकटवा ३ का शोभापति थारुले बताईन् ।
बनकटवाको पेडारी गाउँमा स्थानिय महिलाहरुको समुहले गाउँको नै मुहार फेर्दैछन । मासिक ५० रुपैयाँ जम्मा गर्दै आएका महिलाहरुले राजेश्वरी स्वयम सहायता समुह गठन गरेका छन । समुहमा १० जना महिलाहरु रहेका छन् । २ वर्ष पहिले गठन गरिएको समुहमा अहिले ८ हजार ६ सय ५० रुपैयाँ संकलन भएको सदस्य शोभाले बताए । ७ कठ्ठा ७ धुर जग्गमा कृषि खेती गरिरहेका शोभापतिले आफैले लगाएको तरकारी नजिकैको बजारमा बेच्न जाने गर्नुहुन्छ । लामो समयदेखि कृषि पेशा गर्दै आएपनि कृषिमा सुधार आउन सकेको थिएन । कृषि पेशामा दुख बढि रहेपनि पैसा आएपछि दुख विर्सिने गरेको बनकटवा ६ गुरुवागाउँका गुरुवा कृषक स्वयम सहायता समुहका अध्यक्ष तुलारानी थारुले बताइन् । समुहले मासिक १ सय जम्मा गर्दै आएको समुहमा १३ जना सदस्य रहेका छन् । कृषिमा फाइदा भएपनि राज्यले कृषिमा लगानी नबढाउदा कृषक सन्तुष्ट नरहेको उनिहरुको गुनासो छ । राज्यले कृषिमा लगानी गरे कृषिबाटै मनग्य आम्दानी नेपालमै भित्रिने उनिहरुको भनाई छ ।

प्रकाशित मितिः सोमवार, चैत्र १५, २०७२     5:38:10 PM  |