कोहलपुर, चैत्र १५
पुर्व प्रहरीहरुको क्षेत्रिय भेला तथा २५ औं रजत महोत्सव कार्यक्रम सोमबार नेपालगञ्जमा गरिएको छ ।
कार्यक्रममा बोल्दै मध्यपश्चिमका प्रहरी नायव महानिरिक्षक माधव प्रसाद नेपालले भुतपुर्व प्रहरीलाई प्रहरी प्रशासनबाट सफल दर्जाको रुपमा सम्मानका साथ हेरिरहेको र नेपाल प्रहरीका भुतपुर्व प्रहरीलाई सम्मानका साथ हेर्ने गरेको बताए । पुर्वप्रहरीका लागि राप्ती अञ्चल प्रहरी कार्यालय, तालिम केन्द्र र भेरी अञ्चल प्रहरी कार्यालयमा तयारी कक्षाका लागि लिखित रुपमा निर्देशन दिएको बताए ।
भुतपुर्व प्रहरीहरुको लागि प्रत्येक जिल्लाका जिल्ला प्रहरी कार्यालयमा पुर्वप्रहरी फाँटको आवश्यक रहेको पुर्वप्रहरी संगठनका केन्द्रिय अध्यक्ष बसन्त राज कुवँरले बताए ।
कार्यक्रममा अञ्चल प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक धिरु बस्न्यात, प्रजातन्त्र सेनानी तथा पुर्व प्रहरी उपरिक्षक श्याम कुमार तामाङ लगतयले मन्तव्य राखेका थिए भने कार्यक्रमको अध्यक्षता पुर्वप्रहरी संगठनका क्षेत्रिय उपाध्यक्ष बहादुर कर्ण केसीले गरेका थिए ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, चैत्र १५, २०७२