कोहलपुर, चैत्र १४
भेरी सहकारी वित्तिय संस्था लिमिटेड नेपालगन्जकाले १ करोड ३ लाख १५ हजार २४ रुपैंया मुनाफा गरेको छ । आर्थिक वर्ष ७०÷७१ को तुलनामा ७१÷७२ मा दोब्बर मुनाफा आर्जन गरेको हो । संस्थाको शनिबार नेपालगन्जमा भएको २० औ साधारण सभामा सो जानकारी दिएको हो । संस्थाका अध्यक्ष विष्णु प्रसाद मैनाली द्धारा प्रस्तुत प्रतिवेदनमा आर्थिक बर्ष ७०÷७१ मा ६७ लाख ६९ हजार २ सय ४४ रुपैंया मुनाफा गरेको प्रतिबेदनमा उल्लेख छ । जुन गत आर्थिक बर्ष भन्दा ५२ दशमलब ३८ प्रतिशत बढी
हो । १ करोड ४६ लाख ५ हजार २ सय ४० चुक्त्ता पुजी रहेको उक्त सहकारीले यस आर्थिक बर्षमा २० करोड ७२ लाख १७ हजार २ सय ६३ रुपैया बराबरको कारोबार गरेको थियो । २०५३ साल फागुन २४ गते स्थापना भएको सहकारीको हाल ३२ सय सेयर सदस्य रहेका छन् ।
प्रकाशित मिति : २०७२ चैत १४ गते आइतबार
प्रतिक्रिया दिनुहोस्