एजेन्सी नयाँ दिल्ली, चैत १३
भारतमा जारी टि-ट्वान्टी विश्वकपमा शनिबार बंगलादेशलाई ७५ रनले हराउँदै न्युजिल्याण्ड समूह १को विजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको छ। कोलकत्तामा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ८ विकेट गुमाउँदै निर्धारित २० ओभरमा १४५ रन बनाएको थियो।
१४६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले १५.४ ओभरमा ७० रन बनाउँदै अल आउट भएको थियो। अपराजित न्यूजिल्याण्डले समूह चरणको अन्तिम खेलमा कमजोर प्रतिद्वन्द्वी बंगलादेशलाई हराउँदै सत प्रतिशत नजितासहित अन्तिम चारमा प्रवेश गरेको हो।
समूहबाट अष्ट्रेलिया र इन्डिया समान ४-४ अंकसहित सेमिफाइनल प्रवेशका लागि आइतबार एक आपसमा भिड्दै छन्।
यसमध्ये जसले तित्यो उही टोली सेमीफाइनलमा प्रवेश गर्नेछ।
प्रकाशित मिति : २०७२ चैत १३ गते शनिबार
प्रतिक्रिया दिनुहोस्