3 December 2020  |   बिहिबार, मंसिर १८, २०७७

तौल घटाउन सहयोगी ८ खाद्यपदार्थ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, चैत्र ७, २०७२  

केरा : केरालाई अधिकांश मानिसहरु तौल बढाउने खाद्यपदार्थ मान्छन् । तर, केरामा चिल्लो नष्ट गर्ने तत्व हुन्छन् । यसमा पाइने प्रतिरोधी स्टार्च पेटमा पाइने राम्रा ब्याक्टेरियाका कारण फ्याटी एसिडमा परिवर्तन हुन्छन् । यसले चिल्लो पदार्थलाई रोक्ने काम गर्छ । तौल कम गर्नका लागि यसलाई फ्रुट सलादको रुपमा पनि लिन सकिन्छ ।

banana-4
बदाम : प्रोटीनले भरिपूर्ण बदामले मांसपेशीको निर्माणका साथै शरीरमा फ्याट जम्मा हुन पनि दिँदैंन । फ्याटलाई नष्ट गर्ने क्षमता भएका कारण यसले शरीरमा खाद्यपदार्थ पचाउनमा पनि सहयोग गर्छ । अमेरिकाको पेन्सिलभेनिया स्टेट युनिभर्सिटीका क्लायर भेरीम्यानका अनुसार कार्बोहाइड्रेट भएको खाद्यपदार्थको साटो दैनिक नास्तामा बदाम खानाले मुटुसम्बन्धी रोगको खतराबाट पनि बच्न सकिन्छ । साथै शरीरमा जम्मा हुने अतिरिक्त बोसोलाई पनि नियन्त्रण गर्न सक्छ । बदाम नियमित खानाले मेटाबोलिक रोग र हृदयरोगको खतरा पनि बढ्छ । बदामलाई काँचै या पानीमा भिजाएर खान सकिन्छ ।

Peanuts in Shell New1
गहुँका खाद्यपदार्थ : शरीरमा फ्याट कम गर्न गहुँका खाद्यपदार्थ एक विकल्प मानिन्छ । यसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाली फ्याट कम गर्न मद्दत गर्छ । यसमा भिटामिन ई, भिटामिन बी, जिङक, सेलेनियम, कपर, आइरन, म्यागनिज तथा म्याग्नेसियमलगायतका पदार्थ पाइन्छ । यसमा फाइबर पनि प्रचुर मात्रामा पाइने भएकाले तौल कम गर्न मद्दत गर्छ ।
नरिवलको तेल : नरिवलको तेल ट्राइग्लिसराइड्सबाट भरपूर हुन्छ । यो फ्याटी एसिड शरीरले चाँडो पचाउँछ । शरीरमा जम्मा हुँदैंन र शरीरले उर्जा उत्पादनका लागि उपयोग गर्न सक्छ । तौल घटाउने उद्देश्य पूरा गर्नका लागि नरिवलको तेल खाना पकाउन एक उपयुक्त विकल्प हो ।

coconut
दाल : पूर्वीय खानामा दाल महत्वपूर्ण हिस्सा हो । यो आइरनको राम्रो स्रोत हो । खानामा नियमित रुपमा दाल मिसाउनाले पाचन शक्ति पनि बढ्छ र शरीरमा फ्याट पनि जम्न पाउँदैंन । उम्रिएको दाल तपाईंले सलादको रुपमा पनि प्रयोग गर्न सक्नुुहन्छ ।

DAL
खुर्सानी : फ्याट कम गर्न खुर्सानी पनि प्रभावकारी हुन्छ । खुर्सानीमा हुने क्याप्सेसिन नामक पदार्थले अक्सिकरणद्वारा पेटमा बोसो कम गर्न मद्दत गर्छ । यसले खाना पचाउन मद्दत गरी शरीरबाट क्यालोरी नष्ट कम गर्न सहयोग गर्छ । बेलायतमा गरिएको एक अनुसन्धानअनुसार खुर्सानीले शरीरमा हुने क्यालोरीलाई नष्ट गरेर मोटोपना घटाउन सहयोगी भएको पुष्टि भएको छ । यसमा पाइने क्याप्सेसिनले भोक कम गर्न र उर्जाको खपत गर्न पनि मद्दत गर्छ ।

Red-Chili-health-benefits
ब्रोकाउली : ब्रोकाउली खानाले शरीरका लागि आवश्यक पोषक तत्व पूर्ति हुन्छ । यसका साथै यसले तौल घटाउन पनि मद्दत गर्छ । यसमा पाइने फिटोनुट्रिएन्ट इन्जाइमलाई उत्तेजित गरेर बोसोलाई नष्ट गर्छ ।

brocolli
एभोकाडो : स्वास्थ्यका लागि एभोकाडोका विभिन्न फाइदा हुन्छन् । यो मोनो अनस्याचुरेटेडबाट भरपूर हुन्छ । यसले खाना पचाउन पनि मद्दत गर्छ र कोशिकाहरुको क्षति हुनबाट रोक्छ ।

– See more at:

प्रकाशित मितिः आइतवार, चैत्र ७, २०७२     8:22:51 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *