स्थानियको सक्रियतामा सडक निर्माण



राम बहादुर रावत
कोहलपुर, चैत्र ४
बाँकेको कोहलपुर नगरपालिका वडा नं. १ फुलबारी टोलका स्थानियको सक्रियतामा चार सय ५० मिटर सडक निर्माण कार्यलाई त्रिव पारीएको छ ।
कोहलपुर नगरपालिका घोषण भए सँगै नगरपाकिला भित्र सडकको मापदण्ड अन्र्तगत आठ मिटर बनाउने नीति लिए पछि चार मिटर चौडाइमा अवस्थित सडकलाई आठ मिटर बनाएको छ ।
स्थानियको सक्रियतामा डोजर लगाएर नाली सहित आठ मिटर बाटो बनाउने काम भईरहेको छ । सडक फराकिलो बनाउने क्रममा जग्गा धनिले आफ्नो जग्गाको क्षेत्र भित्र लागेको रकम स्वयम्ले तिर्ने व्यवस्था गरिएको छ । घण्टाको १४ सयका दरले जग्गा धनिले तिरेर सडक फराकिलो बनाउने काम भईरहेको छ ।
कोहलपुर नगरपालिकाले तीन वटा सडक फराकिलो बनाउने भन्दै पाँच लाख रुपौयाँ छुट्याएको छ । जसमध्ये फुलबारी सडक सण्डमा दुई लाख रुपौयाँ जति भाग पर्ने छ ।
त्यस्तै चार मिटर सडकका छेऊमा रहेका विद्युतका पोलहरु अहिले आठ मिटर बनाउँदा पोलहरु हटाउनु पर्ने अवस्था आएकाले तत्काल नेपाल विद्युत प्राविधिकरणले पोलहरु छेऊमा सार्न पहल गर्नु पर्ने कोहलपुर नगरपालिका वडा नं. १ का स्थानिय जगतजङ्ग बुढाथोकीले बताए । नेपाल विद्युत प्राविधिरकणले तत्काल विद्युतका पोलहरुको व्यवस्थान नगरेमा दुर्घटनामा हुन सक्ने सम्भाना रहेको उनले बताए । ‘विगतका संरचना अन्र्तगत बिच भागमा पोलहरु परेको छन्’ उनले भने ‘ती पोलहरु तत्काल उचित व्यवस्थापन गर्न विद्युत प्राविधिकरणले पहल गर्नु पर्छ ।’
स्थानियको सक्रियताका करिब १० हजार रुपौयाँ पहिलो चरणमा उठाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७२ चैत ४ गते बिहीबार