19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

समयमै सम्झौता नहुँदा हुलाकी सडक अलपत्र

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, चैत्र ४, २०७२  

बर्दिया, चैत्र ४
बर्दियाको मुर्तिहा–गुलरिया–भुरिगाउँ हुलाकी सडक अलपत्र अवस्थामा छ । सडक निर्माणको दाता भारत सरकारसँग दोस्रो पटक पनि समयमै रकमको सम्झौता हुन नसकेपछि यो सडक अलपत्र परेको छ ।
यसअघि हुलाकी सडकको स्तरोउन्नतीका लागि सन् २०११ सेप्टेम्बर २० देखि काम सुरु गरी सन् २०१४ मार्चसम्ममा सक्नु पर्ने सम्झौता भएको थियो । तर ठेकेदारको लापरवाहीले उक्त अवधीमा २५ प्रतिशत पनि काम हुन सकेन । त्यस यता हुलाकी सडक अलपत्र छ ।
पछिल्लो पटक भारत सरकारको सहयोगमा सडक निर्माण हुनेगरि पुनः सडक निर्माणका लागि ठेक्का भइसकेको छ । तर भारत सरकारले अझै रकम दिने सम्झौता गरेको छैन । जसका कारण सडक निर्माणको काम अगाडी बढन सकेको छैन । हुलाकी सडक नेपालको दक्षिणी तराई भेगको एक प्रमुख पूर्वाधार हो ।
हाल नेपाल सरकार र भारतीय सरकारबीच हालै नयाँ सम्झौताको प्रक्रिया अगाडी बढाएर नेपाल सरकारले सडक निर्माणका लागि आफै टेण्डर आव्हान गरेर पप्पु कन्ट्रक्सनले ठेक्का दिएको छ । तर, भारत सरकारले समयमै रकम रकम सम्झौता नर्गदा निर्माणको काम अघि बढ्न सकेको छैन ।
भारतीय पक्षले हालसम्म पनि रकमको सम्झौता नर्गदा सडकको काममा अवरोध आएको हुलाकी सडक आयोजना नेपालगंजका प्रमुख तुरुन्त मण्डलले बताए । ठेक्का भइसक्दा पनि भारत सरकाले रकमको सम्झौता गर्न आलटाल गरेपछि स्थानियवासीमा सडक सुचारु हुनेमा आसंका बढेको छ ।
हुलाकी आयोजना प्रमुख मण्डलले भारतले रकम नदीएका कारण ठेकेदारसंग सम्झौता गर्न नसकिएको बताए । उनले भने,‘ प्रधानमन्त्री केपी शर्मा वली भारत भ्रमणबाट फर्के लगत्तै प्रक्रिय अघि बढेको छ । तर, सम्झौता अझै हुन सकेको छैन । अब केही दिनमै सम्झौता हुन्छ होला । काम शुरु भएर निर्माण कार्यले गति लिईसक्ने वेलामा सम्झौता कै कारण कामका ढिलाई भएको हो ।
सडक निर्माणका लागि करिव ६२ करोड रुपाँैयाको सम्झाता हुने तयारीमा रहेको हुलाकी आयोजना प्रमुख मण्डलले बताए । पुरानो सम्झौता करिव ४१ करोडको थियो । समय लम्बिएसँगै आयोजनाको लागत पनि बढेको बताइएको छ ।
नयाँ टेण्डर अनुसार मुर्तिहा–गुलरिया हुदै भुरिगाउँ सम्मको साढे ३५ किलोमिटर सडकको स्तरोन्नती हुने छ । दुई खण्डमा टेण्डर भएको सडकको निर्माणका लागि पहिलो खण्डमा मुर्तिहादेखि गुलरिया हुँदै तारातालसम्म १८ किलोमिटर र दोस्रो खण्डमा तारातालदेखि भुरिगाउँसम्म १७.५ किलोमिटर सडक निर्माण पप्पु कन्ट्रक्सनले ठेक्का पाएको छ ।
अलपत्र अवस्थामा छाडिएको यो सडकमा आवतजावत गर्न निकै सकस हुने गरेको छ । बर्खामा हिलो र हिउँदमा धुलोले सडकमा हिड्नेलाई सास्ती भएको छ । सडकमा ठूलाठूला खाल्डाखुल्डी छन् । सदरमुकाम आवतजावत गर्न जनतालाई निकै कष्ट भएको छ ।
हुलाकी सडकअन्तगर्त सर्युखोलामा बाढीले भत्काएको पुल अझै निर्माण हुन सकेको छैन । डाइर्भसन गरेर सडक सुचारु गरिएपनि बर्खायाममा आवतजावत ठप्प हुने निश्चित छ । समयमै सडक तथा पुल निर्माण नहुँदा बाटो भत्कीएर खाल्डाखुल्डी हुँदा दुर्घटना बढेको स्थानियवासी बताउँछन् ।

प्रकाशित मितिः बिहिबार, चैत्र ४, २०७२     12:58:25 PM  |