1 December 2020  |   मङ्लबार, मंसिर १६, २०७७

हत्याका आरोपी अदालतबाटै फरार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, चैत्र १, २०७२  

बर्दिया, चैत १ गते । कर्तव्य ज्यान मुद्दाका प्रतिवादी जिल्ला अदालतबाटै फरार भएका छन् । आइतबार जिल्ला अदालतमा थुनछेक आदेश बहस चल्दै गर्दा बर्दिया ठाकुरद्वारा–४ सुतैयाका २३ वर्षीय टोपे भनिने अजिव बूढा क्षेत्री जिल्ला अदालतबाटै फरार भएका हुन् ।

शौचालय पसेका बूढा क्षेत्री शौचालयकै भेन्टीलेसनबाट भागेको प्रहरीले जनाएको छ । शौचालय गएको १० मिनेटसम्म पनि उनी बाहिर नआएपछि प्रहरीले ढोका ढकढकाउँदा कुनै प्रतिक्रिया नआएपछि भेन्टीलेसनबाट भित्र हेर्दा कोही नदेखिएपछि भेन्टीलेसनबाटै भागेको थाहा भएको हो ।

फागुन ५ गते ठाकुरद्वारा ४ सुतैयाका ६९ वर्षीय जोरे थापालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
शौचालयभित्रबाटै बन्द रहेको र भेन्टीलेसन खुल्ला रहेकाले त्यहीबाट अभियुक्त भागेको ठहर गरिएको छ । शौचालय जाँदा प्रहरीले उनको हातको हतकडी खोलिदिएको थियो । हतकडी खोलेकाले नै उसलाई भाग्न सजिलो भएको बताइएको छ । फरार अभियुक्तको खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएको छ ।

मृतक थापाका छोरा डम्मर थापाले प्रशासनको लापर्बाहीका कारण हत्यारा भागेको आरोप लगाएका छन् । अदालतबाटै अभियुक्त फरार हुँदा अदालतमा सुरक्षाको विषयमा प्रश्न चिह्न खडा भएको छ । रासस

प्रकाशित मितिः सोमवार, चैत्र १, २०७२     10:38:13 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *