18 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

गुणस्तरिय शिक्षामा जोड दिुनपर्ने ः साउद

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन २८, २०७२  

कोहलपुर, फागुन २८
बाँके जिल्ला शिक्षा अधिकारी भिम बहादुर साउदले गुणस्तरिय शिक्षामा जोड दिनुपर्ने बताएका छन् । कोहलपुरमा रहेको नमुना विद्या सदन ई.मि. स्कुलको नौं वार्षिक उत्सवको कार्यक्रममा बोल्दै संस्थागत विद्यालयहरुको लगानि अनुसारको गुणस्तरिय शिक्षा दिन महत्व पूर्ण भूमिका रहेको भन्दै अझै व्यवस्थित र प्रभावकारी बनाउनु पर्ने बताए । ‘बालबालिकाको सुन्दर भविष्य देखेरै शिक्षामा लगानी गर्नु भएको छ’ उनले भने ‘गुणस्तरिय शिक्षाद्वारा नै राष्ट्रले दक्ष जनशक्ति उत्पादन गर्न सक्छ ।’ साउदका अनुसार राष्ट्र संघियतामा गएकोले संघिय प्रदेश अनुसारको शैक्षिक प्रतिष्प्रर्धा हुने र यस क्षेत्रका विद्यालयहरुले अबको शैक्षिक नेतृत्व लिनुपर्ने छ ।
कार्यक्रममा २०७१ सालमा विद्यालयका विभिन्न विधाहरुमा प्रथम, दितीय र तृतीय भएका विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ । त्यस्तै कार्यक्रमा उत्कृष्ट शिक्षकमा प्रकाश सुनार, विद्यालय प्रथम डिल्ली बस्नेत र उत्कृष्ट सरसफाईमा रक्षा सिजालीलाई सम्मान गरिएको छ । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो ।
विद्यालयका कार्यकारी निर्देशक शिव प्रसाद लामिछानेको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन २८, २०७२     5:10:56 PM  |