1 December 2020  |   बुधबार, मंसिर १७, २०७७

दाङ्गको तुल्सीपुरमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन २७, २०७२  

दाङ्गको तुल्सीपुरमा हिजो बेलुकी मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दाङ्गकै घोराहीबाट तुल्सीपुर बजार तर्फ जादै गरेको रा २ प २५ ७७ नम्बरको मोटरसाईकलको ठक्करबाट तुल्सीपुरस्थित कुमाल गाँउका ६० वर्षिय पर्शुराम कुमालको मृत्यु भएको हो ।

मोटरसाईकलको ठक्करबाट गम्भीर घाईते भएका कुमालको उपचारको क्रममा राप्ती अञ्चल अस्पताल तुल्सीपुरमा मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा मोटरसाईकल चालक दाङ्ग विजौरी ८ का विनोद पाध्या पनि घाईते भएकाले थप उपचारको लागि नेपालगञ्ज पठाईएको ईलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन २७, २०७२     9:28:26 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *