कांग्रेस सभापति चुनावः मतपेटिकामा नमुना मतपत्र पनि भेटियो
४ फागुन, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणनामा विवाद देखिएको छ । जसका कारण मत गणना प्रक्रियामा अन्योल देखिएको छ ।
राष्ट्रिय सभागृहमा मतगणना सुरु भएको थियो । तर, त्यसमा केही नमुना मत भेटिएको छ । यस्तो मत १५ देखि ४० सम्म भएको बताइएको छ ।
मतदातालाई यसरी मतदान गर्ने भनेर सिकाउन प्रयोग भएको नमुना मत पत्र भउको बताइएको छ । तर, यसबारे औपचारिक रुपमा कसैले केही बताउन चाहेका छैनन् ।
प्रकाशित मिति : २०७२ फागुन २४ गते सोमबार
प्रतिक्रिया दिनुहोस्