‘सामाजिक रुपान्त्रण र विकासमा सामाजिक परिचालकको भूमिका अंह’–भुषाल
नेपालगञ्ज फागुन १९ गते
नेपालगञ्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत हेमराज भुषाललाई आज नगरस्तरका सामाजिक परिचालकले औपचारिक स्वागत गरेका छन् । सामाजिक परिचालक मञ्चका रुपमा संगठित उपमहानगरपालिकाका २८ वडाकै सामाजिक परिचालकले कार्यकारी अधिकृत भुषालको सम्मानमा कार्यालयमै स्वागत तथा परिचयात्मक कार्यक्रमको आयोजना गरि फुलमाला र अविरसहित स्वागत गर्दै सफल कार्यकालको कामना गरेका छन् । सो अवसरमा कार्यकारी अधिकृत भुषालले सामाजिक रुपान्त्रण र समग्र विकासमा सामाजिक परिचालकको भूमिका र जिम्मेवारी अंह रहेको भन्दै थप जिम्मेवारीका साथ काम गर्न सुझाउनु भयो । उहाँले स्थानीय निकायको सेवा प्रवाह आम सेवा ग्राहीसम्म र सेवाग्राहीको गुनासो र सुझावलाई सम्वन्धित व्यक्ति र निकायमा पु¥याई दिने काममा पनि सामाजिक परिचालकले गहन भूमिका निर्वाह गरिरहेको भन्दै प्रशंसा गर्नु भयो । साथै उहाँले उपमहानगरपालिकाले थालेका विभिन्न कार्यक्रम र अभियानको सफल कार्यान्वयनका लागि हातेमालोको आवश्यक्तामा जोड दिनु भयो । कार्यक्रममा सामाजिक परिचालक मञ्चकी अध्यक्ष नीतु कुवरले अनेकन चुनौतीका वावजुद सामाजिक परिचालले आफनो जिम्मेवारी बहन गरिरहेको भन्दै थप सहज बातावरण बनाइदिन आग्रह गर्नु भयो । यस्तै उपमहानगरपालिकाकी शहरी शासन विज्ञ गीता जीसीले सामाजिक परिचालन, प्रभावकारिताका लागि समन्वय र व्यवस्थापनको पाटो महत्वपूर्ण हुने भन्दै सो को बातावरण बनाउन कार्यकारी अधिकृत र सेवा प्रदायक संस्था थप सम्वदेनशिल र जिम्मेवार बन्नु पर्नेमा जोड दिनु भयो । सामाजिक परिचालक सेवा प्रदायक संस्था एकिकृत सामाजिक विकास केन्द्र (आइएसडिसी), अपाङ्ग सशक्तिकरण एवं सञ्चार केन्द्र (डेक) र नेशनल मानस सेवा विकास प्रालीका प्रतिनीधी समेतको उपस्तिी रहेको कार्यक्रममा सम्पूर्ण सामाजिक परिचालकले परिचयका साथै वडाको वस्तुस्थिती बारे अवगत गराएका थिए । सामाजिक परिचालक दिप्ती शर्माले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन मञ्चकी सचिव दिपा प्याकुरेलले गर्नु भएको थियो । डेढ महिना यता कार्यकारी प्रमुख बिहिन रहेको नेपालगञ्ज उपमहानगरपालिकामा आइतबारदेखि कार्यकारी प्रमुखका रुपमा भुषालले पदाभार ग्रहण गर्नु भएको हो ।
प्रतिक्रिया दिनुहोस्