काठमाडौं, फागुन १९ – नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले प्यानलसहित सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको छ । काठमाडौंमा बुधबार कार्यक्रम गरेर सिटौलाले सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।
सिटौलाको प्यानलबाट महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीले उम्मेदवारी दिनुहुने छ । उम्मेदवारी घोषणा गर्दै सिटौलाले संविधान कार्यान्वयनको जिम्मेवारी पूरा गर्न आफू सभापतिमा उठ्न लागेको बताउनुभयो ।
महामन्त्रीको उम्मेदवार थापाले भने पारिवारिक रुपमा चुनाव लड्न गाह्रो भएपनि देशलाई जिताउन आफू चुनाव लड्न लागेको बताउनुभयो । वरिष्ठ नेता शेरबहादुर देउवाको प्यानलबाट थापाका ससुरा अर्जुननरसिंह केसीले पनि महामन्त्रीमा नै लड्दै हुनुहुन्छ ।
कांग्रेस नेतृ सुजाता कोइरालाले यसअघि नै सभापतिमा उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । वरिष्ठ नेता शेरबहादुर देउवा र कार्यवाहक सभापति रामचन्द्र पौडेलले पनि सभापतिमा उम्मेदवारी दिनुहुने छ ।