कोहलपुर, फागुन १९
बाँकेमा भएको विद्यालय स्तरीय जिविस कप क्रिकेट प्रतियोगिताको उपाधि गोर्खा यूनाइटेड उच्च मावि कोहलपुरले जितेको छ । मंगलप्रसाद उच्च माविको खेल मैदानमा मंगलबार भएको फाइनल खेलमा एबिसी रेसिडेन्टल गणेशपुरलाई ५ विकेटले पराजित गर्दै र गोर्खाले उपाधि चुमेको हो ।
खेलमा टस जितेर पहिला ब्याटिङ गरेको एविसीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय १७ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको गोर्खाले १९ ओभरमा विजयी लक्ष्य भेटाएको छ ।
बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गा वहादुर थापाको सभापतित्वमा भएको समापन कार्यक्रममा विजेता तथा उपविजेता खेलाडीहरुलाई क्यानका केन्द्रिय उपाध्यक्ष सन्जय राज सिंह, बाँके जिल्लाका जिल्ला शिक्षा अधिकारी भिम वहादुर साउँद, जिल्ला खेलकुद विकास समिति बाँकेका अध्यक्ष दिपक जिएम, नेपालगन्ज यूथका अध्यक्ष प्रविण कर्ण लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा वेस्ट ब्याट्म्यान गोर्खाका रेडियम शर्मा,वेस्ट बलर एविसीका नविन गौतम उदयमान खेलाडी आडियलका अरविन खाँन र म्यान अफ द सिरीज इसाक मिँया घोषित भए । सेमिफाइनल खेलमा एबिसीले आइडियल पब्लिक र गोर्खा युनाइटेडले शान्ति विद्या निकेतनलाई पराजित गर्दै फाइनलमा प्रबेश गरेको हो ।
जिविस बाँकेको सहयोगमा तथा बाँके जिल्ला क्रिकेट संघको आयोजनामा सो प्रतियोगिता भएकोे हो । प्रतियोगितामा जिल्लाका २० विद्यालयको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : २०७२ फागुन १९ गते बुधबार
प्रतिक्रिया दिनुहोस्