25 November 2020  |   बिहिबार, मंसिर ११, २०७७

राष्ट्रिय सहमतिको सरकार आवश्यक छ— नेता नेपाल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन १८, २०७२  

 धनगढी, फागुन १८ गते। नेकपा९एमाले०का नेता माधवकुमार नेपालले संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनुभएको छ ।

प्र्रेस चौतारी नेपालले आज यहाँ गरेको पत्रकार सम्मेलनमा नेता नेपालले सहमतिको सरकारको विकल्प नभएको बताउनुभयो । पूर्र्वप्रधानमन्त्री नेपालले भन्नुभयो ‘‘राष्ट्रिय सहमतिको सरकारले मात्र वर्तमान समस्या समाधान गर्न सक्छ ।’’
नेपाली काँग्रेसको महाधिवेशनपछि काँग्रेसलाई पनि सरकारमा सहभागी गराउनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो—‘काँग्रेसलाई सरकारमा ल्याउनुको कारण पद बाँडफाँटका लागि नभई देशको समस्या समाधानका लागि हो । रासस

प्रकाशित मितिः मङ्लबार, फाल्गुन १८, २०७२     4:31:41 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *