8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

घाँस काट्न गएको बेला सुत्केरी, जन्मेलगत्तै शिशुको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन १६, २०७२  

जजरकोट, फागुन १६ ।

जाजरकोट ढिमे गाविस–२ की प्रेमिका परियार घाँस काट्न गएको बेला सुत्केरी भएकी छन् ।

आइतबार बिहान जङ्गलमा घाँस काट्न गएकी उनलाई जंगलमै सुत्केरी ब्यथाले च्यापेपछि ढिमे स्वास्थ्य चौकीबाट गएका अहेव दिपक वलीको टोलीले जङ्गलमै सुत्केरी गराएका थिए ।

परियारले जन्माएकोशिशुको भने जन्मेको केही समयमै मृत्यु भएको थियो । अहेव वलीका अनुसार परियाले ९ सय ग्रामको शिशु जन्माएकी थिइन् ।

दुर्गम गाउँहरुमा गर्भवती महिलाहरुलाई समेत पर्याप्त खुराक र आराम नपुग्दा आमा र नवजात शिशुहरु सधैं जोखिममा रहने गरेका छन् ।

प्रकाशित मितिः आइतवार, फाल्गुन १६, २०७२     6:46:48 PM  |