1 December 2020  |   मङ्लबार, मंसिर १६, २०७७

वर्थिङ गृह निर्माणका लागि जग्गादान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन १६, २०७२  

जाजरकोट, फागुन १६ गते  । वर्थिङ गृह निर्माणका लागि यहाँका एक स्थानीयले चार रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् । जिल्लाको रग्दा गाविसको चौखामा वथिङ गृह निर्माणका लागि स्थानीय वीरबहादुर मल्लले चार रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका हुन् । सो जग्गामा वर्थिङ गृह सामुदायिक विकास कार्यक्रम (सिडिपी) ले निर्माण गर्ने बताएको छ ।

जग्गा र आर्थिक अभावमा वर्थिङ सेन्टर नहँुदा यस क्षेत्रका महिलालाई सुरक्षित सुत्केरी हुने कार्यमा बाधा पुग्दै आएको थियो ।

अब निःशुल्क उपलब्ध भएको ठाउँमा वथिङ सेन्टर निर्माणमा छिट्टै जुट्ने अधिकारकर्मी दिनेश चौधरीले बताउनु भयो । रासस

प्रकाशित मितिः आइतवार, फाल्गुन १६, २०७२     10:00:22 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *