मुगु, फागुन १४ गते ।
सूचना र सञ्चारमा विश्वले फड्को मारिरहँदा नेपालकै ७५ जिल्लामध्ये विकट मानिने हिमाली जिल्ला मुगुमा पनि जिल्लामै पहिलोपटक डिजिटल सूचना पाटीको प्रयोग गरिएको छ । जिल्ला विकास समिति, मुगुले स्थानीय निकायबाट सर्वसाधारणलाई दिइने सेवाहरु स्पष्ट, पारदर्शी र छिटोछरितो रुपमा दिन अपनाउनुपर्ने प्रक्रिया र सम्बन्धित फाँट र व्यक्तिको जानकारी लिन सेवाग्राहीलाई सजिलो होस् भनेर डिजिटल सूचना बोर्ड प्रयोगमा ल्याएको हो ।
सूचना र सञ्चारको जमानाअनुसार यो सेवा सञ्चालनमा ल्याए पनि मुगाली जनता पूर्णशिक्षित नभइसकेकाले यो सेवाबाट कत्तिको फाइदा लिन सक्छन् त्यो मननीय विषय भएको स्थानीय बासिन्दा बताउँछन् ।
उनीहरु सूचनामात्र होइन स्थानीय निकायबाट प्रवाह हुने कार्यक्रम र योजना पहिले डिजिटल हुनुप¥यो भनेर व्यङ्ग्य गर्छन् । हुन पनि जिविसले सूचना डिजिटल प्रणालीमा लिए पनि उसका काम कारबाही पारदर्शी हुने गरेका छैनन् ।
आवको दोस्रो चौमासिक सकिनै लाग्दा पनि अझै विकासे काम सुरु भएका छैनन् । जब जेठ महिना लाग्छ तब जिविसमा राजनीतिक दलका नेता र कार्यकर्ताको उपस्थिति बढ्न थाल्छ । यसैले बुझाउँछ यहाँको सेवाको स्तर, जिविसकै एक नाम बताउन नचाहने कर्मचारी बताउनुहुन्छ ।
स्थानीय विकास अधिकारी प्रह्लादप्रसाद पुडासैनी भन्नुहुन्छ एक्लैले चाहेरमात्र केही नहुँदोरहेछ, यस क्षेत्रका सम्बन्धित सबैको जबसम्म सोचमा सकारात्मक परिवर्तन हुँदैन तबसम्म परिवर्तन तत्काल आभास गराउन गाह्रो हुन्छ ।” सूचना पाटी डिजिटल हुँदा पढेलेखेकाले सजिलै सूचना जानकारी पाउने र कार्यालयका सूचना माग्नेको चापमा कमी आउछ, जसका कारण कार्यालयको सेवा प्रवाह सजिलो हुने पनि स्थानीय विकास अधिकारी पुडासैनीले बताउनुभयो । रासस
प्रतिक्रिया दिनुहोस्