विपत व्यस्थापनका लागि भण्डारगृह सञ्चालन



 

Exif_JPEG_420

Exif_JPEG_420

फागुन १३ गते–

प्राकृतिक आपत्कालिन खोज तथा उद्धार पुर्व तयारीका लागि नेपालगञ्जमा क्षेत्रीय स्तरको भण्डारगृह सञ्चालनमा ल्याइएको छ । अक्सफामसँगको सहयोग तथा बि गु्रपसँगको सहकार्यमा नेपालगञ्ज उपमहानगरपालिकाले नगरमा सञ्चालन गरेको शहरी जोखीम व्यवस्थापन कार्यक्रम अन्तगर्त विपत पुर्व तयारी सामाग्री भण्डारणका लागि निर्मीत गोदामको आज औपचारिक शुभारम्भ गरिएको हो । नौ लाख ६८ हजार ९ सय १५ रुपैयाको लागतमा निर्मीत भवनमा ट्यूव, लाइफ ज्याकेट, प्लाष्टिक डोरी, स्टे«चर, ट्वाइलेट प्यान, पीउस लगायत २१ लाखको आवश्कीय सामागी भण्डारण गरिएको छ । उपमहानगरपालिका परिसरमा निर्मीत गृहको आज संघीय मामिला तथा स्थानीय विकास राज्य मन्त्री कुन्ती शाहीले उदघाटन गर्नु भयो । उदघाटन समारोहमा बोल्दै राज्यमन्त्री शाहीले कुनै पनि विपतको चुनौतीसँग भागेर नभई डटेर सामना गर्नु पर्ने बताउनु भएको छ । प्राकृतिक विपतीसँगै मानव सिर्जीत विपती पनि बढदै गएको भन्दै उहाँले हरेक विपतीको रोकथाम र न्यूनीकरण एकल पहलले सम्भव नहुने भन्दै सामुहिक हातेमालोको आवश्यक्ता औल्याउनु भयो । विपतीबाट जोगीन स्वयं व्यक्ति पनि समवदेनशिल र सचेत रहनु पर्ने सुझाव राख्दै उहाँले स्थानीय समुदाय, संस्था र सरकारबीच पनि समन्वय र सहकार्यको खाँचो रहेको दोह¥याउनु भयो । सहयोगी संस्थाप्रति आभार प्रकट गर्दै उहाँले यस्तोखालको भौतिक सहयोगले ठुलो मानवीय सहयोग पु¥याउने विश्वास व्यक्त गर्नु भयो । बाँकेका प्रमुख जिल्ला अधिकारी बेद प्रकाश लेखकले नेपाल भारत सीमास्थित निर्माण भारतीय बाँध र सडकका कारण नेपालगञ्ज लगायतको क्षेत्र डुवानमा पर्दै आएको उल्लेख गर्दै सो को दिर्घकालिन समाधान तर्फ लाग्न ध्यानाकषर्ण गराउनु भयो । अक्सफाम दिगो विकास कार्यक्रम निर्देशक विमल गदालले जोखिम व्यवस्थापनको पुर्व तयारीले हरेक खाले जोखिम न्यून गर्न सकिने विश्वास व्यक्त गर्नु भयो । सभाध्यक्षताको आसनबाट बोल्दै उपमहानगरपालिकाका निमीत्त कार्यालय प्रमुख मोहन हमालले डेढ महिनादेखि कार्यकारी अधिकृत नहुँदाको अफ्ठयारो अव धेरै दिन थेग्न नसकिने भन्दै तत्काल व्यवस्था गर्न राज्यमन्त्री समक्ष जोडदार माग गर्नु भयो । बि गु्रपका अध्यक्ष राजकुमार क्षेत्रीले स्वागत तथा कार्यक्रमको उद्येश्य बारे प्रकाश पार्नु भएको कार्यक्रममा स्थानीय विकास अधिकारी जीवलाल भुषालले बोल्नु भएको थियो । उपमहानगरपालिकाका सूचना शाखा अधिकृत ओवीराज आचार्यले सञ्चालन गर्नु भएको उदघाटन सत्र कार्यक्रम पश्चात राज्यमन्त्री शाहीले नगर सूचना केन्द्र र विपद व्यवस्थापन सूचना केन्द्रको पनि अवलोकन गर्नु भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७२ फागुन १३ गते बिहीबार