नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न



 

नेपालगंज, फाल्गुन १२ । महिलाहरुको क्षमता अभिवृद्धि सम्बन्धी ३ दिने पुर्नताजगी तालिम आज सम्पन्न भएको छ ।

सार्वजनिक सरोकारका विषयमा स्थापना भएका विभिन्न सरकारी तथा गैरसरकारी निकायका विभिन्न संयन्त्रहरुमा महिलाहरुको अर्थपुर्ण सहभागिता तथा प्रतिनिधित्व गराउने उद्देश्यले सार्वजनिक निकायमा महिलाको प्रतिनिधित्व सम्बन्धी नेतृत्व विकास तालिम आयोजना गरिएको थियो ।

एक्शन एडको साझेदारी र नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रको संयोजकत्वमा स्थानिय अधिकार कार्यक्रम गत सोमवार देखि आयोजना गरिएको ३ दिने नेतृत्व विकास तालिम आज सम्पन्न भएको छ ।

तालिमको क्रममा सस्ंथाका अध्यक्ष मो. शेर बागवानले सहभागी महिलाहरु लाई सामाजिक परिवेश तथा गरिबी,पहुँच तथा नियन्त्रण,स्थानिय निकाय तथा संरचना विश्लेषण,गरिबीका आयामहरु,मानव अधिकारमुखी अवधारणाको विकास,विकास र अधिकारको बुझाई,अवधारणाको क्रमबद्ध विकास,प्रतिनिधित्व र सहभागिता,तह,अभ्यास र महत्व,नेता र नेतृत्व,बैठक र यसको महत्व,नेताको गुण शैली र भमिका,नेतृत्व विकास र उत्प्रेरणा र उत्प्रेरणाका तत्वहरु लगायत विषयमा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

तालिममा स्थानिय अधिकार कार्यक्रम अन्र्तगत नेपालगंज उपमहानगर पालिका घरबारीटोल,रामनगर,जैसपुर,ईन्द्रपुर,परसपुर,खजुरा खुर्दका विभिन्न महिला समुह,कृषक समुह,भुमिहीन समुह तथा महिला अधिकार मञ्चका २५ जना महिला सदस्यहरुको सहभागिता रहेको थियो ।

समुह नं.१ को तर्फ बाट प्रतिनिधित्व गर्दै परसपुरका निशा शेखले भन्नु भयो – पहिला टोलका महिलाहरु लाई आफ्नो हक अधिकार बारे थाहा थिएन आज भोलि त विद्यालय व्यवस्थापन समिति,अभिभावक समिति र वडा नागरिक मञ्चहरुमा प्रतिनिधित्व गर्न थालेका छन । कुनै समयमा लोग्ने मान्छे अगाडि बोल्नै लजाउने महिलाहरु आज भोलि सावर्जनिक निकायका विभिन्न संयन्त्रहरुमा सहभागिता र प्रतिनिधित्व गर्न थालेका छन ।

यस्तै समुह नं.२ को तर्फ बाट बोल्दै घरबारीटोलका परिवर्तनशिल महिला समुहका सदस्य मीना यादवले भन्नु भयो – पहिला सरोकारवाला निकायका हाकिमहरु हामीले भनेको कुरानै मान्थिएन , तर आज भोलि हामी आफै चाहे त्यो स्वास्थ्य व्यवस्थापन समिति होस,वडा नागरिक मञ्च,विद्यालय व्यवस्थापन समिति,अभिभावक समिति,नागरिक सचेतना केन्द्र वा अन्य कुनै पनि सार्वजनिक निकाय होस त्यसमा महिलाहरुको प्रतिनिधित्व विस्तारै बढ्दै गएको छ यो सबै मुस्लिम समाजले गरेको जागरण बाटनै सफल भएको कुरानै हो ।

कार्यक्रममा बोल्दै जैसपुरमा रहेको रिफलेक्ट सर्कलका अध्यक्ष बानो इद्रिसीले भन्नु भयो – हामी समुदायको विकास र महिला अधिकार साथै सु–शासनका लागि स्थानिय स्तरमा पहल गर्दै आई रहेका छौं, पहिला भन्दा अहिले सार्वजनिक निकायका विभिन्न समिति समुह र उपभोक्ता समितिहरुमा महिलाहरुको प्रतिनिधित्व वृद्घि भएको छ तर पनि जुन हिसाबले महिलाहरुको सहभागिता र प्रतिनिधित्व हुनु पर्दथ्यो त्यो भएको छैन, अहिले राजनीतिक दलका स्थानिय नेताहरुको हाली मुहाली बढि देखिएको छ निकायका पदाधिकारीहरु पुर्ण रुपमा जवाफदेहि न भएको देखिन्छ ।

तालिमको समापनको दिनमा आज महिलाहरुले सामाजिक परिचालन अन्र्तगत आ आफनो समुदायमा जागरणका लागि बाल विवाह विरुद,महिला हिंसा विरुद र विद्यालयमा गुणस्तरिय शिक्षाका लागि अभियान संचालन गर्ने योजना निर्माण गरेका छन ।

कार्यक्रममा २५ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा सहभागी भएका महिलाहरु लाई संस्थाका अध्यक्ष मो.शेर बागवान, कार्यक्रम स्रयाजक रुबि खान र नागरिक शिक्षा अधिकृत आनन्द गिरिले प्रशिक्षण दिईनु भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७२ फागुन १२ गते बुधबार