20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

तारा एयरको जहाज सम्पर्कविहिन हुनुभन्दा अघि पाइलटले के भने ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, फाल्गुन १२, २०७२  

 

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहिन हुनुभन्दा अघि वरिष्ठ पाइलट रोशन मानन्धरले ‘फेरि भेटौला गुड डे’ भनेको रेडर्क पोखरामा विमानस्थलमा रहेको पाइएको छ।
बिहान ७ बजेर ५७ मिनेटमा उडेको जहाज ८ बजेर १० मिनेटपछि सम्पर्क भएको विमानस्थलले जनाएको छ।
यस्को अर्थ  जहाज उडेको १३ मिनेटसम्म सम्पर्कमै रहेकाे देखिन्छ। पोखराबाट जाेमसाेम विमानस्थल पुग्न सरदर १८ मिनेट लाग्छ।
‘पाइलट मानन्धरले फेरि भेटौला गुड डे भनेको आवाज विमानस्थलमा रेकर्ड, तारा एयरले भनेको छ। जहाजमा २३ जना यात्रु सवार थिए । हराएको जहाज खोज्न सेनाको १ वटा र डाइनास्टी एयरको २ वटा हेलिकप्टर परिचालन गरिएको छ।
प्रकाशित मितिः बुधबार, फाल्गुन १२, २०७२     1:53:08 PM  |