प्रवेशिका परीक्षाको नयाँ एप्स



काठमाडौँ, फागुन ५ गते । प्रवेशिका परीक्षाको तयारी गरिरहेका विद्यार्थीका लागि लक्ष्य गरी ‘इबियुखबर डट कम’ले ‘एन्ड्रोइड एप्स इडियुनेपाल’ सञ्चालनमा ल्याएको छ ।

शैक्षिक जनशक्ति विकास केन्द्रको सहकार्यमा ल्याइएको सो एप्स शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आज यहाँ सुरुआत गर्नुभयो । कक्षा १० का विद्यार्थीका लागि अङ्ग्रेजी, गणित र विज्ञान जस्ता विषयमा श्रव्य र दृश्य सामग्री रहेको सो प्रविधिले शैक्षिक सुधारमा टेवा पुग्ने मन्त्री पोखरेलले बताउनुभयो । रासस

  • No tags available
प्रकाशित मिति : २०७२ फागुन ५ गते बुधबार