घटनामा संलग्न रहेको आशङ्कामा हिजो बिहीबार वीरेन्द्र बजारबाट प्रमोदकुमार पूर्वे र योगेन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका दुबै जनामाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलाई जिल्ला अदालत धनुषाबाट म्याद थप गरिएको धनुषाका प्रहरी उपरीक्षक रामदत्त जोशीले जानकारी दिनुभयो ।
गत शनिबार बिहान करिब ८ बजे गणेशमान चारनाथ नगरपालिकाका बुथ प्रतिनिधि राइनमाथि वीरेन्द्र बजारमा मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेका थिए ।
गोली प्रहार गर्नुपर्ने कारण हालसम्म खुल्न नसके पनि घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख जोशीले बताउनुभयो ।
पिँठ्युमा गोली लागेका राइनको अवस्था चिन्ताजनक भएपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडँौ लगिएको छ ।
धनुषाको बालाबाखरमा गोली प्रहारबाट हत्या गरिएका ५० वर्षीय नेकाका स्थानीय नेता राजेन्द्रप्रसाद यादवको हत्याको घटनामा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन् ।
नेका नेता यादवलाई अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेका थिए। प्रहरी उपरीक्षक जोशीले यस घटनामा अनुसन्धन तीव्र पारिएको बताउनुभयो । यस घटनाको सत्यतथ्य चाँडै सार्वजनिक गरिने उहाँले बताउनुभयो । रासस
प्रतिक्रिया दिनुहोस्