राम बहादुर रावत
माघ २६
नेपाली काँग्रेसका पाटी सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको अन्तेष्टिका लागि नेपाली काँग्रेस बाँकेका सम्पुर्ण नेता तथा कार्यकर्ताहरु काठमाण्डौ जान लागेको छन् । नेपाली काँग्रेस कोहलपुर नगर समितिका सम्पुर्ण पदाधिकारीहरु, जिल्लाका अन्य नेताहरु काठमाण्डौं जाँदै छन् । ‘कोहलपुरका १३ वटैका पार्टीका सभापति लगायतका सम्पुर्ण पदाधिकारीहरु जान लागेको कोहलपुर नगरका सचिव भुम भण्डारीले जनकारी दिए ।
त्यस्र्तै बाँकेका कार्यकता, विभिन्न दलका नेता, सरकारी कर्मचारी, नागरिक समाज, बुद्धिजिवीलगायतले सभापति कोइरालालाई श्रद्धाञ्जली दिनका लागि पार्टी कार्यालय नेपालगन्ज र भाई स्वर्गीय अरुणको घरमा फोटो र शोक पुस्तिका राखिएको छ । पार्टी सभापति कोइरालाको निधनपछि उत्पन्न शोकको घडीलाई शक्तिमा बदल्ने कांग्रेस नेता, कार्यकर्ताले बताएका छन् । सभापतिको निधनपछि जिल्लामा पार्टी र भातृसंगठनका सबै औपचारिक कार्यक्रम स्थगित गरिएको छ भने काँगे्रेज जिल्ला सभापतिका लागि आज हुने भनिएको निर्वाचन पनि स्थगित गरिएको छ ।
प्रकाशित मिति : २०७२ माघ २६ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्