29 March 2024  |   शुक्रबार, चैत्र १६, २०८०

कोहलपुरबाट एक बालक वेपत्ता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, माघ २६, २०७२  

केशव राना
कोहलपुर, माघ २६
कोहलपुर ९ झण्डहवाबाट एक बालक वेपत्ता भएका छन् । स्थानीय विद्यालयमा कक्षा ३ मा अध्ययनरत ७ वर्षिय आकाश थारु आइतबारबाट हराएका
हुन् । आइतबार घरबाट निस्किएका बालक सोमबारसम्म पनि फेला नपरेको आफन्तले बताएका छन् ।
बालकका बुवा रामशंकर थारुले बालकको अपहरण भएको भन्दै ४ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । धाराको विषयलाई लिएर बेलाबेलामा झगडा भैरहने भएकाले छिमेकीले अपहरण गराएको हुनसक्ने उनले बताए । फोनमा आफ्नो छोराको बारेमा शंकास्पद कुरा गरेको सुनेकाले उनीहरु विरुद्ध उजुरी दिएको उनले बताए ।
अपहरणको खास कारण नै नखुलेकाले अपहरण भएको भन्न नसकिने इलाका प्रहरी कार्यालय कोहलपुर प्रमुख डिएसपी राजिव बस्नेतले बताए । उनले ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको बताएका छन् । साथै बालकको खोजी
कार्य पनि जारी रहेको उनले
बताए ।

प्रकाशित मितिः मङ्लबार, माघ २६, २०७२     10:51:07 AM  |