बाँके काँग्रेसको सभापतिमा ४ जनाको उम्मेद्ववारी



कोहलपुर, माघ २५
नेपाली काँग्रेसको बाँके जिल्ला सभपतिका लागि ४ जनाको उम्मेद्ववारी दिएका छन् । १३ औं महाधिवेशनबाट नेपाली काँग्रेसले वडा, गाउँ, नगर र क्षेत्रका सबै निर्वाचन सम्पन्न भएका छन् । बाँकेको जिल्ला अधिवेशनमा क्रियाशिल सदस्यहरुले अहिले मतदान गरिरहेका छन् । जिल्ला पाटी सभापतिमा नारायण प्रसाद गौडेल, लक्ष्मी नारायण शाह, किरण कोइराला, निरङ्गसिंह सिझापति रहका छन् । काँग्रेसको विधान अनुसार जिल्ला सभापतिमा निर्वाचित हुनका लागि तत्काल मतदान संख्याको ५१ प्रतिशत ल्याउनु पर्ने व्यवस्था रहेको छ । बाँके जिल्लाको अधिवेशनमा करिब ६१६ जनाले मतदान गर्ने पाउने छ । ४ जना उम्मेद्वारले ५१ प्रतिशत मत ल्याउन नसकेको अवस्थामा दोस्रो चरण मतदान हुने नेपाली काँग्रेस कोहलपुर नगरसमितिका सचिव भुम बहादुर भण्डारीले मिसन अनलाईनलाई बताए ।
त्यस्तै निर्वाचनामा भाग लिएका ४ जना मध्ये लक्ष्मी नारायण संस्थापन पक्षका हुन भने अन्य तीन जना देउवा पक्षधर भएको भण्डारीले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७२ माघ २५ गते सोमबार