20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

मधेशी मोर्चाले गरेको संघर्ष छप्ल्याङ् मात्र हो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, माघ २१, २०७२  

सुर्य ढकाल
आफ्नो स्थापना काल देखिनै नेकपा एमालेले ठुला ठुला झुटाका पर्खाहरु जनतालाई सचेत सगठित गर्दै चिर्न सफल भएको छ । संविधान कार्यन्वयन गर्ने सवालमा पनि जनताको बिचमा फैलाएका अफाबहरु चिर्न एमालेले तीन महिने अभियान संचालन गरिरहेको छ । विरोधहरुलाई चिर्दै नयाँ संविधान मुलुकले पाएको छ । हिजोको सामान्ती निरंकुश, वर्णवादी, केन्द्रिीकृत, एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबैखाले विभेद र उत्पीडनको अन्त्य आज संवैधानिक हिसाबले भएको छ । संविधान जारी भए पछि मुलुक एउटा युगबाट आर्को युगमा प्रबेश गरेको छ । छ दशक लामो नेपाली जनताको संघर्ष र आठ वर्षको अथक प्रयासबाट प्रगतिशिल बिचार बोक्नेहरुले जारी गरेको संविधानमा अंधिकाश समुदायका अधिकारहरु बन्चित भए भनि भ्रामक प्रचार गरिएको छ । यो संविधान जारी हुँदा मुलुक राजतन्त्रबाट गणतन्त्र तर्फ, अधिनायकवादबाट लोकतन्त्रतर्फ, एकात्मकबाट संघियतातर्फ, हिंसा र अशान्तिबाट दिगो शान्तितर्फ अस्थिरतावाट स्थायी शान्तितर्फ, विभेद र असमान्तबाट सामाजिक न्याय तर्फ र दरिद्रबाट समृद्वितर्फ मुलुक रुपान्तरण हुन गई रहेको हँुदा यथास्थितिवादी, प्रतिक्रियावादी, सामान्तवादी र जमिन्दारीहरुले खाई पाई आएको विरासत गुम्ने खतारा भएकै कारण आज संविधानका अन्तर वस्तुहरु जनताको विचमा पु¥याउन दिएका छैन । आज भन्दा १६८ वर्ष पहिले कार्ल माक्र्सले कम्युनिष्ट पार्टीको घोषाण पत्र जारी गर्ने सन्र्दभको उल्लेख गर्दै युरोपमा एउटा छप्ल्याङ् घुमिरहेको छ । साम्यवादको छप्ल्याङ् । यस छप्ल्याङ्लाई धपाउन भनेर पोप, जार, मेटर्निख, गीजो, फेन्च उग्रवादी र जर्मन पुलिस अर्थात पुरानो युरोपका सारा सत्ताधारीहरु एक भएर लागेका छन । अब कम्युनिष्टहरुले सम्पुर्ण संसारको अगाडी आफ्ना विचारहरु, आफ्ना उद्देश्यहरु, आफ्ना प्रयासहरु, खुलस्त बताउनु परेको छ । पहिलो संविधान सभाबाट मुलुकले संविधान पाउन नसके पछि दोस्रो संविधान सभाबाट जनताको प्रतिनिधिहरुले नेपालको संविधान २०७२ असोज ३ गते जारी गर्न सफल भएका छन । संविधान जारी भए पछि अहिले बजारमा एउटा अफाव फैजाउन खोजिएको छ । संविधानमा जनजातिका, मधेशीका मुद्धाहरु, दलितका, पिछडिएका वर्गहरुका भुद्धाहरु सविधानमा समेटिएको छैन भनि छपलाड पिटिएको छ । जसरी कम्युनिष्ट पाटीको घोषण पत्र जारी गरेर हाउतथा छप्लाड हटानेकाम कार्लमाक्र्सले गरेका थिए । संविधानको विरोधमा फैलाईएको यो छप्लाडलाई तिने महिने अभियानमा जनतालाई संविधानका विषयमा सचेत सगठित गरी छप्ल्याङ् हटाउने काम पुर्ण सफल हुने छ ।
नेकपा एमाले केन्द्रिय कमिटीको आयोजनामा संविधान घोषणपछिको स्थिति र पार्टीले चाल्नुपर्ने कदमहरु शीर्षकमा यहि मसिर २१ र २२ गते चितवनमा राष्ट्रिय कार्यक्रता भेला सम्पन्न गरेको छ । उत्त भेलाले संविधान कार्यान्वयन र राष्ट्रिय एकता सुदृढीकरण अभियान २०७२ अभियानले संविधानको घोषाण ऐतिहासिक उपलब्धी अबको लक्ष्य राष्ट्रिय एकता सुदृढीकरण र देशको समृद्धि भन्ने उद्देश्य अनुसार यस जिल्लामा उत्त अभियान सफल पार्न पुष १३ गते नेकपा एमाले जिल्ला कमिटी बाकेको बैठक सम्पन्न भएको छ । चीनमा देङ्गसाउपिङ्ग नेतृत्वमा आउँदा चिन निमार्णको आधार बन्यौ । मदन भण्डारी नेतृत्वमा आउँदा ०४६ सालको जनआन्दोलन र जनताको बहुदलीय जनवाद आउन सक्यौ । केपी कमरेड नेतृत्वमा आए पछि राष्ट्रिय राजनीतिको केन्द्र भागमा नेकपा एमाले स्थापति भएको छ नेकपा एमाले माथि लागेका आरोपहरु खण्डति भएका छन् । केपीओलीको नेतृत्वमा मुलुकले नयाँ संविधान प्राप्त गरेको छ संविधानको सफल कार्यन्वयन र सम्वृद्ध नेपालको निमार्ण गर्ने दाहित्व तथा अभिभार थपिएको छ ।
विश्व संविधानका मुलभुत मान्यताहरु यो संविधानले बोकेको छ । यो प्रगतिशिल छ । यो जनताको प्रतिनिधिहरुले बनाएको संविधान हो । राष्ट्रियता सार्वभौसत्ता राष्ट्रिय एकता सामाजिक सद्भावलाई आत्मसाथ गरेको छ । ९० प्रतिशतको समर्थन छ । मधेश आन्दोलन र भारतको अघोषित नाकाबन्दले नेपालको अर्थतन्त्र तहस नहस हँुदै गएको अवस्थमा नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पार्टी अध्यक्ष क. केपी शर्मा ओलीले राष्ट्रिय राजनीति तथा संविधान निमार्णमा खेलेको भुमिका तथा पार्टी भित्रको आन्तरी एकता र वर्षौ देखि बिना कारण एमाले माथि लागेको आरोपहरुलाई खण्डित गर्ने काममा खेलेको महत्व पूर्ण भूमिका कारणले नेकपा एमाले राष्ट्रिय राजनीतिको केन्द्र भागमा उभिन सफल भएको छ । आम पाटी पक्तीमा उत्सहा बढेको छ । पार्टी निमार्णमा नेतृत्वको महत्व पुर्ण भुमिका रहदो रहेछ । नेतृत्व सवल सक्षम र दुरदृष्टि राख्ने भयो भने समग्रपार्टी मुलुक जनजिवनमा पत्यक्ष पभाव पदर्छ नेतृत्व भनेको सैद्वान्तिक रुपमा सबैभन्दा चेतनशील, अगुवा सगठित अनुशासीत र मजदुर वर्गको प्रतिनिधि सामाजको अभिभावक हो ।
हामी जुन सुकै समुदाय, वर्गजाति, भाषा, धर्म संस्कृती, लिङ्ग वा क्षेत्रको भए पनि सार्वभौम अधिकार सम्पन्न स्वभिमानी नेपाली नागरीक भएका
छौ । संघिय लोकतान्त्रीक गणतन्त्र सस्थागत भएको छ । दिगोशान्ति सुशासन, विकास र समृद्धको नयाँ ढोका खुलेको छ । समानुपातिक, समावेशी सहभागितामुलक सिद्धान्तका आधारमा आर्थिक समानता, सामाजिक न्याय, समातामुलमक समाज निमार्ण गर्ने र लोकतान्त्रीक व्यवस्थालाई सुदृढ गर्दै नेपाली समाजलाई समाजवादी व्यवस्थामा रुपान्तरण गर्ने नयाँ आधार पैदा भएको छ । नेपाल बहुजाति, बहुभाषीक, बहुधार्मीक, बहुसांकृतिक, तथा भौगौलिक विविधितायुक्त देश हो । हिजोको सामान्ती, निरकुश, वर्णवादी, केन्द्रियकृत राज्य व्यवस्थाले सिर्जना गरेका सबै खाले विभेद र उत्पीडाको अन्त्य आज संवैधानिक हिसाबले भएका् छ । यति धेरै विविधता भएको मुलुकमा एउटै साझा डकुमन्टमा सबै विषय समेट्न सजिलो कुरा होइन् । मुल कुरा आफ्नो र आफ्नो समुदायका माग र मुद्वाहरु समावेश भए भएनन भनेर भन्दा पनि सविधानका विश्वव्यापी मान्यता अनुरुप लोकतन्त्र मानवअधिकार, सामाजिक न्याय, स्वतन्त्रता, समनाता र समावेशी आदि जनताको आधारभूत अधिकारहरु संविधानमा भए नभएको आधारमा सविधानको मूल्याङ्कन हुनु पर्छ । संविधान अग्रगामि परिर्वतनको पक्षमा छ कि छैन, शान्ति सुशासन, विकास र समृद्धिको जनकाक्षा पुरा गर्न संविधान गतिशिल छकि छैन । महत्वपुर्ण कुरा हो । तलाउको किनारमा मिर्गको बच्चा खेलिरहेको बेलाम अचनाक तलाउमा माथी रुखबाट फल तलाउमा खस्न पूग्छ । तलाउमा फल खस्दा आएको आजबाट तर्सर डराइर मिगृको बच्चा भाग्न थाल्छ । बाटोमा बाख्रोले सोध्छ मिर्ग किन भागेको नजिकैको तलाउमा छप्ल्याङ् आयो । बाख्रो पनि भाग्न थाल्छ एवं रितिले जङ्गलमा भएका सवै जनवार पछि भाग्न सुरु गर्दछन तलाउमा छप्ल्याङ् आयो भनेर आज मधेशी मोर्चाले संविधान जारी भए पछि नपढिकन जनतालाई पढन नदिकन जारी संविधानमा मधेशीका माग मुद्धाहरु खोसिय भनेर मधेशी जनता र भारत समक्ष झुटो खेति गरिरहेको छ ।
करिब छ दशको प्रयास र आठ वर्षको अथक् प्रयासबाट मुलुकले नयाँ संविधान प्राप्त गर्दा विभिन्न मित्रराष्ट्रहरुले संविधानको स्वागत गरे नेपालीको खुशिमा खुशि मिलाए । तर मित्रराष्ट्र भारतले हाम्रो खुशिमा खुशि मिलाउन सकेन् । संविधान जारी गर्ने सन्दर्भ वा समयमा भारत नेपाल भारतको इसारामा सबै काम हुन्छ र हुने गरेको छ भन्ने सन्देश दिन खोजेको थियो । त्यो काम हुन नेकपा एमालेका अध्यक्ष क. केपी शर्मा ओलीले दिएनन् । यो काम नेकपा एमालेका नेता कार्यक्रता, सर्मथक शुभचिन्तकको लागी मात्र नभएर सबै देशबासिको लागी खुशिको विषयम थियो । त्यही राष्ट्रिय भावनाको साथ यो सरकार गठन पनि भएको हो । नेपालको इतिहासमा १८१६ को सुगौलि सन्धीपछि पहिलो पटक दृढ अडानका साथ राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता र नेपाली स्वभिमानको लडाई लडाहि लडिरहेको छ । वर्तमान सरकार भारत सरकारसँग नैतिक युद्व लडिरहेको छ । इतिहासमा कुनै बेला थियो ढुगा मुढा भाला खुकुरीको युद्व । समाज विकास क्रम अनुसार लडाकु विमान, क्षेशास्त्र,आवणिक, जैविक रासनिक हतियार आदि आधुनिक हतियारहरुको विकास भए । आजको २१आंै शताब्दिको विज्ञान र प्रविधिको युग, सुचना र सञ्चार र ग्लोबलाईजेसन को युगमा विकसित हँुदै गरेको मानव चेतना, मानवता, मानवअधिकार, विश्ववन्धुत्व, लोकतान्त्रीक, मूल्य मान्यता र सम्यताको युगमा यस्ता हतियारहरु काम नलाग्ने हुन थालिसके । आजको सम्य दुनियाका आगाडि नेपाल भारत सरकारसँग नैतिक मूल्य मान्यताको लडाहि लडि रहेको छ । हाम्रा अग्रजहरुले पानी पनि नखाई ढुगा मुडाले लडेर बचाएको मुलुक बरु लडेर मेर पिठयुँ फर्काएर भागेनन हामी पनि राष्ट्रिय स्वाधिनता, देशको स्वतन्त्रतता, सार्वभौकिता र भागौलिक अखण्डताको लागी जस्तासुकै कस्ट पिडा सहन तयार छौ । के नेपाल स्वतन्त्र सार्वभौम राष्ट्र होइन ? नेपाली जनताले आफुले निर्वाचित गरेका जन प्रतिनिधिहरुबाट लोकतान्त्रीक विधि प्रकृया, पद्धति अनुरुप संविधान जारी गर्न सक्दैन् । भारतले दुनियाको अगाडि अघोषित नाकाबन्दी गरेर नाकाबन्दी गरेको छैन् भनेर ढाटिरहेको छ झुटको साहारा लिई रहेको छ यो नैतिक युद्वमा नेपालीले जित्ने सुनिश्चिित छ । मधेशी मोर्चाले चलाएको यो छप्ल्याङ्को हल्ला पूर्ण समाप्त हुने छ ।

प्रकाशित मितिः बिहिबार, माघ २१, २०७२     9:53:19 AM  |