एम्बुलेन्सको ठक्करबाट बालकको मृत्यु



दाङ, माघ ४ । तुलसीपुरबाट बिरामी लिएर घोराहीतर्फ जाँदै गरेको रा१च ५२५ नम्बरको एम्बुलेन्सको ठक्करबाट गएराति दाङमा एक बालकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर नपा–१५ को पर्सेनीमा एम्बुलेन्सको ठक्करबाट तुलसीपुर–६ बनकट्टाका १३ वर्षीय शान्तराम चौधरीको मृत्यु भएको हो ।

style=”text-align: justify;”>माघीको नाच हेर्न गएका बालकलाई सडकनजिकै एम्बुलेन्सले ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्कर दिने चालक र एम्बुलेन्सलाई इप्रका तुलसीपुरले नियन्त्रणमा लिएको छ । (रासस)

  • No tags available
प्रकाशित मिति : २०७२ माघ ४ गते सोमबार