सुर्य ढकाल
,,,
पार्टीको नवौ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको १७ महिना र बाँकेको जिल्ला अधिवेशन भएको १२ महिना वितिसकेको छ । नवौं राष्ट्रिय महाधिवेशनवाट निर्वाचित पार्टी अध्यक्ष क. केपी शर्मा ओलीले राष्ट्रिय राजनीति तथा सविधान निमार्णमा खेलेको भुमिका तथा पार्टी भित्रको आन्तरी एकता र वर्षौ देखि बिना कारण एमाले माथी लागेको आरोपहरुलाई खण्डीत गर्ने काममा खेलेको महत्व पुर्ण भुमिका कारणले नेकपा एमाले राष्ट्रिय राजनीतिको केन्द्र भागमा उभिन सफल भएको छ । आम पाटी पक्तीमा उत्सहा बढेको छ । पार्टी निमार्णमा नेतृत्वको महत्व पुर्ण भुमिका रहदो रहेछ । नेतृत्व सवल सक्षम र दुरदृष्टि राख्ने भयो भने समग्रपार्टी मुलुक जनजिवनमा पत्यक्ष पभाव पदर्छ नेतृत्व भनेको सैद्वान्तिक रुपमा सवैभन्दा चेतनशील, अगुवा सगठित अनुशासीत र मजदुर वर्गको प्रतिनिधि सामाजको अभिभावक हो ।
चीनमा देङ्गसाउपिङ्ग नेतृत्वमा आउँदा चिन निमार्णको आधार बन्यौ । मदन भण्डारी नेतृत्वमा आउँदा ०४६ सालको जनआन्दोलन र जनताको बहुदलीय जनवाद आउन सक्यौ । केपी कमरेड नेतृत्वमा आए पछि राष्ट्रिय राजनीतिको केन्द्र भागमा नेकपा एमाले स्थापति भएको छ नेकपा एमाले माथि लागेका आरोपहरु खण्डति भएका छन् । बाँकेको छैटो जिल्ला अधिवेशनबाट अध्यक्षतामा क. नन्दलाल भए पछि जसको नेतृत्वमा ०४६ सालको जनआन्दोलन पछि ससदिय निर्वाचन विजय पाप्त गर्न नसकेको बेला ०७०सालमा भएको दोसोसविधान सभाको निर्वाचनमा बाँकेका सविधान सभामा तिन सिट नेपालगंज, कोहलपुर बाणिञ्ज संघ शिक्षक युनियन र पत्रकार महासंघ लगायत अधिकास सघ संस्थाको निर्वाचनमा हामीले विजय प्राप्त गर्न सफल भएका छांै । छैटौं जिल्ला अधिवेशनवाट निर्वाचित नेतृत्व मुलत क. नन्दलाल रोकाय प्रति हाद्र्विक सम्ममान प्रकट गर्दछु । त्यसको जस क. नन्दलाल रोकायको नेतृत्व माथी जान्छ भन्न कुनै दुविधा मानु पर्ने
छैन् । इमान्धारीत र वैचारिक कामलाई पहिलो प्रथामिकता दिएकै कारण यो सफल प्राप्त भएको हो । छल, कपट, वैमानि र र्दुताहि विरोधी तथा वैरिहरु माथी गर्ने हो आफ्ना कार्यकर्ता माथी त मित्रवत व्यवहार गर्नु नै कम्युनिष्ट आचरण भन्ने सालिन व्यतित्वकै कारण नन्दलाल कमरडेको पालामा बाँकेमा पार्टी निमार्णको काम विगतको भन्दा तिर्व गतिम भएकै कारण सफल भएको हो । जिल्ला कमिटीको सदस्य भएको गर्व
हुन्थ्यो । अहिले पार्टी कार्यलयमा नन्दलाल कमरेडको चर्चा भईरहेको हुन्छ साँचो मुल्याङ्ग्कन पदवाट विदा भए पछि हुँदो
रहेछ ।
सातौं जिल्ला अधिवेशन सम्पन्न भएको १२ महिनाकको कामको समिक्षा गर्ने हो भने बाँके जिल्लाम सातांै जिल्ला अधिवेशन पछि पार्टी निमार्ण तथा परिचालनमा जुन गतिका साथ काम गर्नु पर्ने थियो त्यो काम त्यस ढगले गर्न नसकेको साँचो यथार्थ हामो सामु खडा भएको छ । वैचारिक काम, संगठन निर्माण तथा परिचालन र समान्य तथा पार्टी भित्रको आन्तरिक एकता र विकास निर्माणका नेतृत्व गर्ने सवालमा नेतृत्व ठिक ढङ्गले परिचालित हुन नसकेको यथाथ हामो सामु छ । आम कार्यकर्तामा छटपटि, जिंगासा, चिन्ता प्रकट हुन थालेको छ । विगको नेतृत्वले गरेका काम र लक्ष्य गरिमा उत्सहा बचाउन सकिदैन् कि भनेर ।
पार्टी पक्तिमा देखिएको यो छटपटि चिन्तलाई पार्टी संचालन विधि र जनताको बहुदलिय जनवादको जगमा समाधन गर्न सकिएन् भने पार्टी निर्माणको पाटोमा चुनौतिहरु थपिदै जाने निश्चत छ । पाटी निर्माण तथा विकास निर्माणमा नयाँ कुरा नयाँ योजना त हामी अहिले कल्पना गर्न सक्दैनौं । हुने विरुवाको चिल्लो पात विहानिले दिनको संकते गर्छ भने जस्तै हामो १२ महिना धेरै उपलब्धी मुलक बनाउन सकेको अवस्था रहेन् । तर पनि छैटौं जिल्ला अधिवेशनबाट निर्वाचित पार्टी अध्यक्ष क. नन्दलाल रोकायाले जुन किसिमले सबैलाई समेटेर पाटी संचालन गर्नु भएको थियो त्यो कार्यशैलिलाई मात्र अनुसरण गर्न सक्ने हो भने हामा अगाडी आगामी दिनमा ४ निर्वाचन क्षेत्र जिल्ला विकास समिति अधिकांश गाविसका अध्यक्ष तथा उपाध्यक्ष सहित सदस्यहरु दुई नगरपालीका सहित करिव १४७२ जनालाई इजेतका साथ राजनैतिक जिम्मेवारी ससदिय क्षेत्रमा दिन सकिन्छ । पार्टी संचालनमा विधि र स्टिमको विकास गर्न सकेनौ आम नेता कार्यकर्तालाई पार्टी र आन्दोलन प्रति विश्वस्त पार्न नेतृत्वले सकेन भने यि अवसर आखाकै अगाडी अरुले चुम्ने
खतरा हामा सामु बढीरहेको
छ ।
स्वयम् पार्टी नेतृत्व नै स्वयम् निम्न पूँजिवादी चिन्तन र प्रवृतिलाई प्रसय दिएको पाइन्छ । चोक चौका चियापसल र सामाजिक सञ्जातमा आफ्नै सययात्रीहरुलाई बिना आधार गाली गोलोज गर्नै जनवर्गिय संगठनका नेताहरुलाई भाते र दलला जस्ता गैर राजनीतिक शब्द बौल्ने जस्ता प्रवृति देखिनु रामो मान्न सकिदैन् । छलफल एउटा गर्ने निर्णय आर्को लैख्ने र सकुदर आर्को लेखेर पठाउने र भएको निर्णय माईनेटिमा नलेख्ने निर्णय गर्दा विधि विधान पराम्परा र नियामवालीलाई ख्याल नगर्नै कार्यशैलीहरु विस्तारै मौलाउन खोजेका
छन् । यस्ता प्रवृति चिन्ततन निम्न पूँजिवादी चिन्नतन हुन यस्ता प्रवृतिहरुलाई विचाराधारात्मक रुपले पशिक्षित गर्दै जानु पदर्छ । पार्टी भित्र हार्दिकता, एकता र कमरेडी भावनाको विकास गर्न सकिन्छ । पार्टी निमार्ण भनेको जिल्ला देखि वडा तहसम्म कमिटी गठन गर्ने लेवि उठाउनेलाई मात्र होइन् यसको मुख्य कुरा पार्टी कमिटीहरुको आपसी सम्बन्ध र संचार कसरी हुन्छ र पार्टीले कसरी शक्ति संचय गर्न सक्दछ भन्ने कुरा महत्वपुण कुरा हो । प्रतिद्वन्द्वतामा श्रेष्ठता स्थापित गर्न सक्ने हजार खाले कामको नेतृत्व दिन सक्ने वर्गसर्घ र राजनैतिक प्रतिस्पर्धामा विजयी हुन सक्ने जनआधारीत कार्यक्रताको निमार्ण हामो आधारभुत दिशा हुनु पदर्छ । एउटा सन्र्दभमा टिकेट नपाउँदा वा पार्टीले टिकेट नदिदा विद्वोह गर्ने गाईलाई वा दाईलाई भोटलाल्न जाने प्रवृतिलाई काम र विचाराधारात्मक कामकै शैलिमा रुपान्तरण गर्न सकिन्छ ।
पार्टी संगठित सदस्यहरुलाई कमिटीमा आवद नगर्ने श्रृखलावद्ध कमिटी प्राणली नअपाउने, कमिटीहरु नियामित रुपमा परिचालन नगर्ने, कमिटीलाई भन्दा व्यक्तिलाई प्रयस दिने र कमिटीलाई आफनो स्वार्थ सिद्ध गर्ने थलो बनाउने प्रवृतिलाई तुरुन्त रोक्नु पदर्छ । पार्टीमा व्यत्तिवादी चिन्तन र गुटवन्धी सस्थागत हँुदै गएको छ । पार्टी नेतृत्व परिर्वतित परिस्थिति अनुरुप आफुलाई रुपान्तरीत गर्न र पार्टी भित्र देखिएका चुनौतिहरुको सामाना र सम्भावनाहरुलाई प्राप्त गर्ने गरि व्यवस्थित हुन सकिरहेको
छैन् । कमिटी प्राणली कमजोर बन्दै गएका छन्् । बैठक भेला पशिक्षण शून्य प्रया हुन थालेका छन् । पार्टीको नाममा जनताको सेवा गर्ने भन्दा जोसुकै जेसुकै गरेर भए पनि सम्पति कमाउने प्रवृतिले टाउको उठाउन खोज्दै छ । पार्टीकाम भनेको कार्यलयका प्रमुख सँग चिसो तातो खाने पिउनेकाम नै पार्टी काम हो भन्ने मनोविज्ञान स्थापित
हँुदैछ । त्यसका लागी फरक विचार वोकेका सँग साथ सहयोग लिने प्रवृति बढ्दै गएको छ । सिद्धान्त,संगठन र सघर्षमा एकता कायम गर्न र बुझाईमा एकरुकता कायम गर्न सकिएन भने जति पार्टी कार्यलयमा धायपनि जति वर्ष झोला बोकेर पुर्णकालीन भएता पनि जति खोला नाला मिलाएता पनि पार्टी निमार्णको काम अगाडि बढन सक्दैन् । पार्टी निमार्णमा नेतृत्वको अहम भुमिका रहेको
हुन्छ । जनवादी केन्द्रियताको सिद्धान्तको आधारमा सिद्धान्त, ंसगठन र सघर्षबिचको द्वन्द्वात्मक सम्वन्धलाई स्थापित गर्न कार्य राख्न र विकास गर्दे जान सकिएन भने खुराफात, चर्काे र उटपट्यङ्ग भाषाणले मात्र पार्टी निमाणको प्रश्न पुरा हुन सक्दैन् । आजको २१औं शताब्दीमा कम्युनिष्ट पार्टीलाई कसरी पुरानो रुढीगत परम्परावाट मुक्त गरी लोकतान्त्रीक मुल्य मान्यताद्धारा संचालित गर्ने, विचारात्मक एकता, संगठानात्मक एकता र व्ययवहारकि कार्यमा एकता गर्न सकियो भने मात्रा हरेक हिसाबले सक्षम योग्य र लोक प्रिय पार्टी रुपमा पार्टी र नेतृत्वलाई जनताको विचमा स्थापित गर्न सकिन्छ । नेतृत्वले बुझने भनेको निर्णयमा एक रुपकता भएन भने काममा एकरुपकता हुँदैन, काममा एक रुपकता नभए पछि संगठनमा एकरुपकता देखिदैन् । सबैमा एकरुपकता खोज्ने हो भने पहिलो सर्त कमिटीका निर्णयहरुमा एकरुपकता हुन जरुरी छ ।
विश्व कम्युनिष्ट आन्दोलन भित्र पार्टी निमार्णका रुप र तरिकाहरुमा अत्यन्त विविधता र भिन्नता भए जस्तै हरेक जिल्ला क्षेत्र गाविस टोलमा पनि फरक फरक हुन सक्छ भन्ने कुरामा हेक्का राख्नु पर्छ । मुलुक अहिले परिर्वतनको दिशामा अगाडी बढेको छ २४० वर्ष सम्म नेपाली जनता माथी अन्याय उत्पीडन गरेको राजतन्त्र सदाको लागी समाप्त भएको छ । मुलुकमा संघिय लोकतान्त्रीक गणतन्त्र स्थापना भएको छ । हामी जनताको बहुदलीय जनवादको कार्यदिशाका आधारमा शान्ति पुर्ण बाटोबाट नेपालको जनवादी क्रान्तिको महत्वपुर्ण कार्यभारलाई पुरा गर्ने क्रममा अगाडी बढी रहेका छांै । राजतन्त्र समाप्त भएता पनि समान्तवादका अवशेषहरु अझै पुर्ण रुपले समाप्त भएका छैन् । आर्थिक र समाजिक क्षेत्रमा यसको प्रभाव अझै कायम रहेको
छ । सविधान सभाबाट सविधान जारी भएता पनि आन्तरीक तथा बाह्य समस्याहरुले राष्ट्रिय एकता सामाजिक सदभाव खल्वलीन थालेका छन् । यो कुरा हामीले रामोसँग बुझन जरुरी छ र तदअनुरुप नै संगठनलाई जुझारु र गतिशिल बनाउनु पदर्छ । पार्टी निमार्ण, विस्तार र परिचालनमा रहेका वैचारिक संगठानिक र कार्यशैलिगत समस्याहरुको सही परिचालन गरी अगाडी बढन सक्नु
पदर्छ । पहिलो सर्त पाटीमा आवद्ध नेता कार्यकर्तालाई पाटीले लिएको नीति विचार कार्यक्रम र देशमा जारी कानुन ठिक ढङ्गले बुझाउन सकियो भने माात्र जनकार्यलाई पभावकारी रुपले संचालन गर्न सकिन्छ । अहिले कुन काम गर्ने कुन कामलाई प्रथामिकता दिने भन्ने विषयमा ठोस योजना बनेको सकिएको छैन् ।
जनकार्यगर्दा पार्टीका नीति विचार कार्यक्र बुझाउन भन्दा सतहि ढङ्गले काम गरेको पाइन्छ त्यस्तो कार्यशैलिका कारण कुनै पनि आन्दोलनले गति लिदैन् र नेतृत्वको निमार्ण पनि हुन
सक्दैन् । पार्टीको नीति विचार कार्यक्रम लक्ष्यको जानकारी बेगर जति पटक जनकार्य गरे पनि गरिदिए पनि ९ काममा एक काम भएन भने उ नेकपा एमाले बन्न सक्दैन् । पार्टीका निति विचार कार्यक्रम जनताका विचमा पुराउने महत्वपुर्ण आधार जनकार्य हो । तर यसको महत्व गरीमालाई रामरी नबुझदा र नबुझाउँदा स्थानिय तहमा पार्टीकाम पभावकारी रुपमा हुन सकेको
छैन् । प्रत्येक कमिटी पत्येक बैठकमा जनकार्यको सम्बन्धमा अनिर्वाय छलफल वहस गर्न सकियो भने मात्र जनताको इच्छा चेतना स्तर र सुचना थाहा पाउन सकिन्छ र त्यसका आधारमा थप काम गर्न सकिन्छ ।
आज पार्टी सरकारमा मात्र नभएर सत्ता संचालन गर्ने तहमा क्रमस पुगिरहेको छ । हामा काम गर्ने शैलिहरु विस्तारै परिर्वतन गर्दै जानु पर्ने अवस्था छ । हिजोको जस्तो झोलामा एउटा सर्कुलर एउटा क्रान्तीकारी साहित्य र छदम नाम गरको नामको चिठी बोकेर संगठन निमार्ण गर्ने विधिबाट हामी धैरै माथी उठिसकेका छांै । आज परिस्थिति फेरीएको छ चेतना स्तर बढेको छ । हामा सवै गतिविधिहरु भाषणमा होइन व्यवहारमा देखाउने समय भएको छ । पतिपक्षेको भुमिकाबाट सत्ता पक्षेको भुमिकामा पार्टी आन्दोलन पुगेको छ । अव जनताले विरोद्ध होइन् परिमाण खोजेको छ । हाम्रा बैठक भेलाहरुमा नियामिति ढङ्गले निम्नि विषयहरुमा कार्यक्रम तथा योजना बनाउन सकियो भने मात्र आजकोजनताका आवश्यकतालाई ठिक ढगले सम्वोधन गर्न सकिने छ ।
१. पत्येक बैठक भेलामा जनकार्यको विषयलाई अनिर्वाय एजेण्डाको विषय बनाउने ।
२. आ–आफ्नो कार्यक्षेत्रको आर्थिक सामाजिक विकास र रुपान्तरणका सन्र्दभमा छलफल गर्ने ।
३ . प्रत्येक नेता तथा कार्यक्रताहरुलाई श्रमको सम्ममान र श्रममा अनिर्वाय सहभागिता हुने संस्कृतिको विकासमा जोड दिने
४. समजवादी साँस्कृतिको लागी जोड दिने ।
५. आफ्नो क्षेत्रको वा गाउँ वा टोलको पुर्वआधार विकासको कार्यक्रम अगाडी बढाउने र त्यसको नेतृत्व गर्ने ।
६. एक घर एक उत्पादन को नीति अगाडी सार्ने ।
७. जनसहभागितामा विकासका काम गर्ने विषयलाई हामो नेतृत्वमा अगाडि बढाउने ।
८. स्वथ्य तथा सरसफाई सम्बन्धी जनचेतानामुलक कार्यक्रम चलाउने ।
९. आफ्नो गाउँ वस्तीमा निरक्षयर उन्मुलन अभियान संचालन गर्ने ।
१०. सामाजिक अन्धविश्वासयुत्त कुरीति कुसंस्कारहरु जस्तै दहेज, देउकी, झुमा वालविवाह, छाउपडी, बोक्सी वालश्रम जस्ता कुपथा हटाउन आफ्नो ठाउँबाट सामाजिक जागरण संचालन गर्ने
११. विध्यमान कानुनुको बारेमा जानकारी गराउने । आदि
माथी उल्लेख गरिएका विषयहरु प्रतिनिधिमुलक विषयहरुमात्र हुन् । स्थानिय विषेशताका आधारमा यि विषयहरु कमिटीका बैठक तथा भेलाहरुमा छलफल गर्न र स्थानीय तहममा छलफल गरी पहिचान गरिएका विषयहरुलाई अगाडी बढाउन सकियो भने मात्र जनताको सक्रिय सहभागिता रहने छ । मात्र कमिटीको बैठक अनि लेविले मात्र संगठनलाई क्रियासिल र जिवन्त राख्न सकिदैन् । पार्टी नेता तथा कार्यक्रताले स्थानीय तहमा खेल्ने र गर्ने कामले त्यस ठाउँको विकास र पार्टीलाई जनताको विचमा स्थापित गर्न सकिन्छ । मुद्धाको खोजी नगर्ने कार्यलय पमुखको कोठामा मात्र गएर पार्टी बलियो नहुने पक्का छ । नारा मुद्धाका साथ आर्थिक सामाजिक विकास र रुपान्तरणको कार्ययोजना र अभियानलाई अघि बढाउन सकियो भने मात्र पार्टीलाई जनताको बिचमा स्थापित गर्न सकिने छ ।
शान्ती पुर्ण प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्न जनअभिमतको आधारमा समाजको शान्तीपुर्ण र लोकतान्त्रकि ढङ्गले समाजवादी जनवादी सत्ता संचालन गर्ने बाटोमा हिडिरेको हाम्रो जस्तो पार्टीका लागी प्रभावकारी जनकार्य, वैचारिककाम र विकास निमार्णको कार्यलाई पार्टी निमार्णका अनिर्वाय र सवै कमिटी र व्यक्तिहरुको काम बनाउन सकियो भने मात्र हामी हामो लक्ष्य पाप्ती गर्न सक्छौ ।
जनकार्य प्रमुख नेकपा एमाले
प्रतिक्रिया दिनुहोस्