17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

मुख्य समाचार

प्रधानमन्त्री केपी ओलीलाई व्यंग्य, निकालियो बयलगाडा जुलुस

प्रधानमन्त्री केपी ओलीलाई व्यंग्य, निकालियो बयलगाडा जुलुस

    प्रकाशित मितिः सोमवार, पुस २७, २०७७       |
नेपालगन्ज । आइतबार बाँकेसहित देशका विभिन्न जिल्लाहरुमा संसद विघटनको विरोधमा बयलगाडासहित जुलुस निकालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेको विरोधमा विद्यार्थीहरुले बयलगाडासहित जुलुस निकालेका हुन् । नेकपा प्रचण्ड–माधव समूह निकट अनेरास्ववियूको अगुवाईमा बाँकेको नेपालगन्जसहित देशका विभिन्न स्थानमा बयलगाडासहित जुलुस निकालिएको थियो । आइतबार नेपालगन्जमा अनेरास
बाँकेमा उपचाररत दुई संक्रमितको मृत्यु

बाँकेमा उपचाररत दुई संक्रमितको मृत्यु

    प्रकाशित मितिः आइतवार, पुस २६, २०७७       |
नेपालगन्ज कोरोना सक्रमित रोल्पा र दांगका गरी दुई महिलाको उपचारका क्रममा आईतबार बिहान नेपालगन्जका अस्पतालमा मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा लिवाङ ४ का ४२ वर्षीया महिला र दांग बबई ६ का ८० वर्षीया महिलाको मृत्यु भएको कोभिड संकट व्यवस्थापन समितिले जनाएको छ । रोल्पाका महिलाको शिक्षण अस्पताल कोहलपुर र दांगका महिलाको भेरी अस्पतालमा मृत्यु भएको हो । यो संगै कोरोनाबाट संक्रमित भएर उपचारका
लोकतान्त्रिक संविधानको रक्षाको लागि कोहलपुरमा नेपाली काँग्रेसद्वारा विरोध ¥याली

लोकतान्त्रिक संविधानको रक्षाको लागि कोहलपुरमा नेपाली काँग्रेसद्वारा विरोध ¥याली

    प्रकाशित मितिः शनिबार, पुस २५, २०७७       |
काेहलपुर । बाँकेको कोहलपुरमा नेपाली काँग्रेसले सरकारको विरुद्धमा विरोध ¥यालि निकालेको छ । नेपाल सरकारले गत पुष ५ गते संसद विगठन भएपछि विभिन्न राजनितिक दल र अन्य संगठनहरुले पनि आन्दोलन तथा विरोध गरिरहेका छन् । कोहपलुरमा लोकतान्त्रिक संविधानको रक्षाको लागि नेपाली काँग्रेसले कोहलपुर नगरपालिकाको परिसरमा बृहत ¥यालि निकालेको हाे ।
पाण्डे इन्टिग्रेटी आइकनको उत्कृष्ट १५ मा

पाण्डे इन्टिग्रेटी आइकनको उत्कृष्ट १५ मा

    प्रकाशित मितिः शुक्रबार, पुस २४, २०७७       |
कोहलपुर । जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख हुलाक अधिकृत गोविन्द्रप्रसाद इन्ट्रिग्रेटी आइकन नेपाल २०२० को उत्कृष्ट १५ मा परेका छन् । ६ महिनाअघि सार्वजनिक सूचना मार्फत विभिन्न ६ चरणमा गरिएको छनौटमा पाण्डे उत्कृष्ठ १५ मा पर्न सफल भएका हुन् । आइकलको लागि देशभरका कुल १५ सय २ जना कर्मचारीले आवेदन दिएका थिए । उनले यसअघि वाणिज्य कार्यालयमा गरेको बजार अनुगमन र सुधारमा महत्वपूर्ण भूमिका खेलेका छन्
प्रधानमन्त्रीका ‘हास्य सभा’ हेरेर हाँस्नु की रुनु !

प्रधानमन्त्रीका ‘हास्य सभा’ हेरेर हाँस्नु की रुनु !

    प्रकाशित मितिः बुधबार, पुस २२, २०७७       |
अछुत कोपिला । देशका शीर्ष नेताहरुका भाषामा संविधानको बहात हत्या, बलात्कार, संविधान विरुद्धको कदम, जनभावना विपरित र असंवैधानिक कदम (प्रतिनिधि सभा) विघटन भएको दुई साता नाघिसक्यो । ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको सिफारिस तुफानी गतिमा अनुमोदन गरेकी थिइन् । त्यसयता सत्ताधारी नेकपा राजनीतिक रुपमा फुटिसकेको छ । अहिलेको एक गुटको नेतृत्वमा प
कोहलपुर प्रहरीः डिएसपी कुलदिप चन्दको सरुवा, रविन्द्र खनाल आउँदै

कोहलपुर प्रहरीः डिएसपी कुलदिप चन्दको सरुवा, रविन्द्र खनाल आउँदै

    प्रकाशित मितिः मङ्लबार, पुस २१, २०७७       |
कोहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदिप चन्दको सरुवा भएको छ । उनको स्थानमा कोहलपुरको प्रहरीको कमाण्ड सम्हान डिएसपी रविन्द्र खनाल आउँदैछन् । प्रहरी महानिरीक्षकको पुस २१ गतेको निर्णयानुसार उनीहरुको सरुवा भएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार माघ महिनादेखिको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको हो । को–क
काेइलाबास नाकाबाट गाेरू सहित तिनजना भारतीय नागरिक पक्राउ 

काेइलाबास नाकाबाट गाेरू सहित तिनजना भारतीय नागरिक पक्राउ 

    प्रकाशित मितिः आइतवार, पुस १९, २०७७       |
शिवु खनाल  गोरु तस्करीमा सम्लग्न भएको भन्दै प्रहरीले गएराती तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । नेपाल भारत सिमानका कोईलाबास देखि पूर्व तर्फकाे दुर्गा सामुदायिक वनमा पर्ने अन्तरखाल खोला नजिकैबाट कोइलाबास प्रहरी चौकीका इन्चार्ज नन्दराम केसीको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत बलरामपुर जिल्लाको टहराका स्थानीय वर्ष ४२ का सुल्तान बन्जाडे, वर्ष २९ का रतिक बन्जाडे र वर्ष ४१ का अब्
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता, प्रदेश १ र एपिएफ बीच उपाधि भिडन्त हुँदै

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता, प्रदेश १ र एपिएफ बीच उपाधि भिडन्त हुँदै

    प्रकाशित मितिः आइतवार, पुस १९, २०७७       |
शिवु खनाल दाङ सुदूरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली एपिएफ दाङको लमहीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजितगर्दै एपिएफ प्रतियोगिताको फाइनल पुगेको हो । फाइनल पुग्ने क्रममा सुदूरपश्चिमले दिएको ६१ रनको विजयी लक्ष्यलाई एपीएफले १५ ओभरमा मात्र १ विकेट गुमाएर पूरा ग¥यो । टिमलाई जित
गुडिरहेको मोटरसाइकल मै बाघले आक्रमण गरेपछि…

गुडिरहेको मोटरसाइकल मै बाघले आक्रमण गरेपछि…

    प्रकाशित मितिः आइतवार, पुस १९, २०७७       |
सुदीप अधिकारी बर्दिया कैलाली लम्कीचुहा नगरपालिका–४ का सन्तोष थापा शुक्रबार आमालाई नेपालगञ्जबाट उपचार गराएर घर फर्कदै थिए । घर फर्कने क्रममा साझ करिब साढे ८ बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने सेनाको अम्रेनी पोष्ट पुगे । पोष्टमा मोटरसाइकल इन्ट्री गराए । साँझ परेकाले उनलाई सुरक्षित भएर जान भन्दै सेना र निकुञ्जका कर्मचारीले ठूला २ वटा सवारीसाधनको बीचमा रहेर जान स
खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै

खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै

    प्रकाशित मितिः आइतवार, पुस १९, २०७७       |
कोहलपुर बाँकेको कोहलपुर नगरपालिकामा–१४ हवलदारपुरमा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ कोहलपुरमा खुल्ला भलिबल प्रतियोगिता हुन लागेको हो । च्याम्पियन स्पोर्ट क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै आउँदो पौष २५ गतेदेखि माघ १ गतेसम्म सञ्चालन हुने जानकारी दिएको छ । च्याम्पियन स्पोर्ट क्लबका अध्यक्ष निर्मल विष्टका अनुसार प्रतिय
‘स्वच्छ,निष्पक्ष र स्वतन्त्र पत्रकारितामा जोड’

‘स्वच्छ,निष्पक्ष र स्वतन्त्र पत्रकारितामा जोड’

    प्रकाशित मितिः आइतवार, पुस १९, २०७७       |
शुभाकर विश्वकर्मा, कोहलपुर राज्यको चौथो अंगको रुपमा गनिने पत्रकारिता जगत स्वच्छ, निष्पक्ष र स्वतन्त्र हुुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । गाउँ, समाज र राष्ट्रमा हुने गरेका हरेक गतिविधिहरुको स्वतन्त्र र निष्पक्ष रुपमा जस्ताको त्यस्तै बाहिर ल्याउने काम र कर्तव्य पत्रकारिता जगतको रहेको उनीहरुको बताएका हुन् । शनिबार कोहलपुरमा आयोजित नेपाल पत्रकार महासंघ शाखा बाँकेको १२ औँ जिल्ला अधिवेशनको
बाँके आइपुग्यो ‘वाटर क्यानोन’

बाँके आइपुग्यो ‘वाटर क्यानोन’

    प्रकाशित मितिः आइतवार, पुस १९, २०७७       |
नेपालगन्ज । बाँकेमा पहिलोपटक भीड नियन्त्रणको लागि अत्याधुनिक ‘वाटर क्यानन’ ल्याइएको छ । प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय बाँकेमा रहनेगरी एउटा अत्याधुनिक ‘वाटर क्यानन’ पठाएको हो । केही दिनअघि मात्र काठमाडौंबाट जिल्लामा एउटा ‘वाटर क्यानन’ आइपुगेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाले जानकारी दिए । ‘बाँकेमा पहिलोपटक ‘वाटर क्यानन’ आइपुगेको हो’