26 January 2021  |   बुधबार, माघ १४, २०७७

बाँकेमा उपचाररत दुई संक्रमितको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, पुस २६, २०७७  

नेपालगन्ज

कोरोना सक्रमित रोल्पा र दांगका गरी दुई महिलाको उपचारका क्रममा आईतबार बिहान नेपालगन्जका अस्पतालमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा रोल्पा लिवाङ ४ का ४२ वर्षीया महिला र दांग बबई ६ का ८० वर्षीया महिलाको मृत्यु भएको कोभिड संकट व्यवस्थापन समितिले जनाएको छ ।

रोल्पाका महिलाको शिक्षण अस्पताल कोहलपुर र दांगका महिलाको भेरी अस्पतालमा मृत्यु भएको हो ।

यो संगै कोरोनाबाट संक्रमित भएर उपचारका लागि नेपालगन्ज ल्याइएका मध्ये ८२ को मृत्यु भइसकेको छ । नेपालगन्जमा सुदुरपश्चित र कर्णाली प्रदेशबाट जटिक खालका कोरोना संक्रमितहरुको उपचारका लागि पठाउने गरिएको हो ।

प्रकाशित मितिः आइतवार, पुस २६, २०७७     10:01:20 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *