प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता, प्रदेश १ र एपिएफ बीच उपाधि भिडन्त हुँदै



शिवु खनाल
दाङ

सुदूरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली एपिएफ दाङको लमहीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजितगर्दै एपिएफ प्रतियोगिताको फाइनल पुगेको हो ।

फाइनल पुग्ने क्रममा सुदूरपश्चिमले दिएको ६१ रनको विजयी लक्ष्यलाई एपीएफले १५ ओभरमा मात्र १ विकेट गुमाएर पूरा ग¥यो । टिमलाई जिताउन ओपनर ब्याटर ज्योती पाण्डेले अविजित रहदै २६ रनको योगदान गर्दा सरिता मगरले पनि अविजित रहदै १९ रन बनाएकी थिइन् । त्यसअघि ४.४ ओभरमा टिमको स्कोर १४ रन हुँदा कविता कुवँरको बलमा क्याच आउट हुन् पुगेकी कप्तान सीता राना मगरले ७ रन बनाएकी थिइन् ।

त्यसअघि खराब मौसमका कारण १६ ओभरमा घटाइएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित पूरै ओभर खेल्दै ७ विकेट गुमाएर ६० रन बनाएको थियो । टिमले उक्त रन बनाउने क्रममा उसका लागि मध्य क्रममा ब्याटिङ गर्न आएकी कविता जोशीले सर्वाधिक ठूलो पारी खेलिन् ।

अविजित रहेकी उनले २१ बलको सामना गर्दै २ चौका सहित २२ रनको योगदान गरेकी थिइन् । यस्तै टोलीका लागिओपनर ब्याटर रेवती धामीले १२ रन तथा कविता कुवँरले ९ रन बनाएकी थिइन् । बलिङतर्फ एपीएफका लागि करुणा भण्डारीले सर्वाधिक ३ विकेट हात पारिन् । यस्तै लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश १ फाइनल प्रवेश गरेको छ । शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गर्दै प्रदेश १ प्रतियोगिताको फाइनल पुगेको हो ।

अब उपाधिका लागि आइतबार प्रदेश १ ले विभागीय टोली एपिएफको सामना गर्नेछ । प्रतियोगिताको विजेताले नगद ५ लाख प्राप्त गर्नेछ । भने उप–विजेता टोलीले ३ लाख त्यसैगरी सेमिफाइनलबाट बाहिरिएका दुई टोली सुदूरपश्चिम र लुम्बिनीले समान २५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागततर्फ सर्वोउत्कृष्ट खेलाडीले २१ हजार, उत्कृष्ट ब्याटरले १० हजार, उत्कृष्ट बलरले ५ हजार प्राप्त गर्नेछन् ।

 

  • No tags available
प्रकाशित मिति : २०७७ पुस १९ गते आइतबार