सुदीप अधिकारी
बर्दिया
कैलाली लम्कीचुहा नगरपालिका–४ का सन्तोष थापा शुक्रबार आमालाई नेपालगञ्जबाट उपचार गराएर घर फर्कदै थिए । घर फर्कने क्रममा साझ करिब साढे ८ बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने सेनाको अम्रेनी पोष्ट पुगे । पोष्टमा मोटरसाइकल इन्ट्री गराए । साँझ परेकाले उनलाई सुरक्षित भएर जान भन्दै सेना र निकुञ्जका कर्मचारीले ठूला २ वटा सवारीसाधनको बीचमा रहेर जान सल्लाह दिए । सोही अनुसार सन्तोष अघि बढे ।
सेनाको पोष्टदेखि ६ किलोमिटर पश्चिम राजमार्गको कुँवाभार भन्ने ठाउँ नजिकै पुग्दा सन्तोषको गुडिरहेको मोटरसाइकलमा एक्कासी बाघले झम्टियो । मोटरसाइकलमा पछाडि बसेकी सन्तोषकी ५० वर्षीय आमा नन्दकला थापालाई बाघले गर्घनमा समातेर भुइमा पछा¥यो । अनि उनलाई घिसारर्दै जंगल भित्र लग्यो । मोटरसाइकल लडे पछि सन्तोष घाइते भए ।
बाघले आक्रमण गरेको खबर पाएलगत्तै निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली घटनास्थल पुग्यो । यतिञ्जेल बाघले नन्दकलालाई निकुञ्ज भित्र पु¥याइसकेको थियो । निकुञ्ज कर्मचारी र सेनाको टोलीले रातभर खोजी गर्यो । तर नन्दकला र बाघलाई सेनाको टोलीले फेला पार्न सकेन ।
शनिबार विहानै हात्तीसहित निकुञ्ज कर्मचारी र सेनाको टोली फेरी खोजी कार्यमा जुट्यो । शनिबार विहान करिव सवा ९ बजे बल्ल नन्दकलाको शव क्षतविक्षत अवस्थामा निकुञ्ज भित्र फेला प¥यो । खोजी कार्यमा जुटेका निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाका अनुसार बाघले नन्दकलाको शरिरको कम्मरदेखि तलको भाग पुरै खाएको थियो ।
पूर्वपश्चिम राजमार्गको निकुञ्ज क्षेत्र भित्र पर्ने अम्रेनीदेखि कर्णाली चिसापानी क्षेत्र निकै जोखिम मानिन्छ । यस क्षेत्रमा बाघ,गैँडा र हात्तीलगाएतका वन्यजन्तुको बढी आवागमन हुने गर्छ । वन्यजन्तुबाट मानविय क्षती कम गर्न यस क्षेत्रमा रातीको समयमा सवारीसाधनलाई एक्ला एक्लै हिडन नदिइ ४÷५ वटा सवारीसाधन एकैसाथ जान निकुञ्जले निर्देशन दिने गरेको छ । तर केही चालकको लापरवाहीले पनि दुर्घटना हुने गरेको निकुञ्जका कर्मचारी बताउँछन् ।
गुडिरहेको मोटरसाइकलमै बाघले आक्रमण गरेको यो पहिलो घटना हो । घटना लगत्तै शनिबारदेखि पूर्वश्चिम राजमार्गको अम्रेनी चिसापानी सडकखण्डमा सवारी आवतजावतमा कडाई गरिएको निकुञ्जले जनाएको छ । शनिबारदेखि यो क्षेत्रमा दिउँसोमा मोटरसाइकलमा यात्रा गर्नेलाई समूहमा जान निकुञ्जले निर्देशन दिएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले बताए । साझ ८ बजेपछि विहान नहुञ्जेलसम्म भने मोटरसाइकलबाट यात्रा गर्न निषेध गरिएको निकुञ्जले जनाएको छ ।
वन्यजन्तुबाट हुने जोखिम न्यूनिकरण गर्नका लागि रातीको समयमा पूर्वपश्चिम राजमार्गको अम्रेनीदेखि कर्णाली चिसापानी क्षेत्रमा मोटरसाइकलमा यात्रा गर्न निषेध गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । पूर्वपश्चिम राजमार्गको अम्रेनीदेखि कर्णाली चिसापानी क्षेत्रमा वन्यजन्तुको बढी आवतजावत हुने गरेको र रातीमा समयमा मोटरसाइकलमा यात्रा गर्दा वन्यजन्तुबाट जोखिम बढी हुने भएकाले यात्रुहरुको सुरक्षाका लागि मोटरसाइकलमा यात्रा गर्न निषेध गरिएको प्रमुख संरक्षण अधिकृत श्रेष्ठको भनाई छ ।









प्रतिक्रिया दिनुहोस्