भारत विरोधीहरुलाई तह लगाउँदै अख्तियार !
प्रकाशित मितिः आइतवार, मंसिर २०, २०७२
|
भारत विरोधीहरुलाई तह लगाउँदै अख्तियार !
प्रयास पराजुली । काठमाडौं ।
गाउँ घरमा उखान नै छ–छोरी कुटेर बुहारी तर्साउने । घरमा सासुले रिस पोख्नु पर्यो भने कुटनीतिक ढंगले छोरीलाई कुटेपछि बुहारी तर्सने मुल्य मान्यता कायमै छ । अहिले भारतले पनि सोही उखान चरितार्थ गर्ने गरी भारतको विरोध गर्नेहरुलाई छानबिन अख्तियार दुरुपायोग अनुसन्धान आयोग लगाएर तह लगाउने नयाँ रणनीति बनाएको चर्चा शुरु भएको छ ।