8 September 2024  |   आइतवार, भदौ २३, २०८१

मुख्य समाचार

कोहलपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

कोहलपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

    प्रकाशित मितिः आइतवार, भदौ २३, २०८१       |
कोहलपुर । कोहलपुर नेपालगन्ज सडक खण्डको कौशिल्या अस्पताल नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । शनिबार बिहान करिब साढे तीन बजेको समयमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक कोहलपुर नगरपालिका–१० निवासी भूपेन्द्र सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । तत्कालै उद्धार गरेर नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पु¥याइ
आज लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

आज लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

    प्रकाशित मितिः आइतवार, भदौ २३, २०८१       |
बाँके । लुम्बिनी प्रदेश सरकारले बडका अतवारी पर्वका अवसरमा आज आइतबार तराईका ६ जिल्लामा सार्वजनिक बिदा दिएको छ । प्रदेशका थारू समुदायको बसोबास रहेका बाँके, बर्दिया, दाङ, रूपन्देही, कपिलबस्तु र पश्चिम नवलपरासीमा आज सार्वजनिक बिदा दिएको हो । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद पन्थीले सूचना जारी गर्दै भदौ २३ गते आइतबार प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गर
नेपालमा मनसुन अवधि बाँकी रहँदै ९० प्रतिशत वर्षा

नेपालमा मनसुन अवधि बाँकी रहँदै ९० प्रतिशत वर्षा

    प्रकाशित मितिः आइतवार, भदौ २३, २०८१       |
काठमाडौँ । नेपालमा मनसुन अवधि एक महिना बाँकी हुँदा नै औषतको झन्डै ९० प्रतिशत वर्षा भएको छ । झन्डै चार महिना रहने मनसुन अवधिको औषत वर्षा एक हजार चार सय ७९ दशमलव ७ मिलिमिटर हो । तर सेप्टेम्बर १ सम्मको विवरण अनुसार मनसुन शुरु भएपछि एक हजार तीन सय २३ दशमलव आठ मिलिमिटर वर्षा भइसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यस वर्ष नेपालमा जुन १० मा मनसुन भित्रिएको थियो । सामान्य गतिमा भित्रने र
मनाइयो निजामती सेवा दिवस

मनाइयो निजामती सेवा दिवस

    प्रकाशित मितिः आइतवार, भदौ २३, २०८१       |
नेपालगन्ज । २१औँ निजामती सेवा दिवस बाँकेसहित देशभर विभिन्न कार्यक्रमहरू गरेर शनिबार मनाइएको छ । दिवसको अवसरमा प्रभातफेरी, अन्र्तक्रिया, कर्मचारी सम्मान लगायतका कार्यक्रमहरू गरिएका थिए । बाँकेमा दिवसको अवसर पारेर नेपालगन्जमा शनिबार प्रभातफेरी लगायतका कार्यक्रम गरिएको थियो । जिल्ला प्रशासन कार्यालय बाँके परिसरबाट सुरु भएको प्रभातफेरी नगरका विभिन्न भागको परिक्रमा गर्दै भेरी प्राविधिक शिक्षालयको
जैविक विविधता संरक्षणमा जोड

जैविक विविधता संरक्षणमा जोड

    प्रकाशित मितिः आइतवार, भदौ २३, २०८१       |
शिवु खनाल । दाङ । वन क्षेत्रमा पाइने जैविक विविधता तथा वनस्पतिको संरक्षण गर्दै यसको सही सदुपयोग गर्न आवश्यक रहेकोमा जोड दिइएको छ । सरोकारवालाहरूले जैविक विविधताअन्तर्गत वन क्षेत्रमा पाइने जडिबुटीको संरक्षण तथा सदुपयोग गर्नुपर्ने आवश्यकता औँल्याइएका हुन् । वन क्षेत्रमा उपलब्ध वनस्पति अर्थात् जडिबुटीको सही सदुपयोगले स्थानीयको जीविकोपार्जनमा सहजता ल्याउने डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीका
उखु खेतीमा किसानको आकर्षण घट्दै

उखु खेतीमा किसानको आकर्षण घट्दै

    प्रकाशित मितिः आइतवार, भदौ २३, २०८१       |
कैलाली । नगदे बालीका रूपमा खेती हुँदै आएको कैलालीमा उखुबारीको क्षेत्र विस्तार हुन सकेको छैन । उखुखेतीमा संलग्न किसानलाई बीउ, मललगायत आवश्यक सामग्रीमा अनुदानका कार्यक्रम नहुँदा उखु खेती विस्तार हुन नसकेको हो । उत्पादित उखुको बजार अभाव भएकाले किसानको आकर्षण घट्दै गएको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ । प्रदेश सरकारले जिल्लामा उखुखेतीमा संलग्न किसानलाई हालसम्म कुनै अनुदानका कार्यक्रम उपलब्ध
अन्तरप्रदेश तेक्वान्दोमा लुम्बिनी प्रदेशको बर्चश्व

अन्तरप्रदेश तेक्वान्दोमा लुम्बिनी प्रदेशको बर्चश्व

    प्रकाशित मितिः आइतवार, भदौ २३, २०८१       |
खजुरा । ‘प्रथम आमन्त्रित अन्तरप्रदेश आइटिएफ तेक्वान्दो खुला प्रतियोगिता’ मा लुम्बिनी प्रदेशले बर्चश्व कायम गरेको छ । बाँकेको खजुरा गाउँपालिका– २ मा रहेको शुक्र भलिबल स्टेडियममा बुधबारबाट सञ्चालन भएको प्रतियोगितामा लुम्बिनी प्रदेशले बर्चश्व कायम गरेको हो । मोडेल आइटिएफ तेक्वान्दो दो एकेडेमीले आयोजना गरेको उक्त प्रतियोगितामा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोसी प्रदेशका २ सय ८० जना खेलाडी सहभाग
खजुरा क्यान्सरमा बेथिती : चल्दैनन् करोडौँका मेसिन

खजुरा क्यान्सरमा बेथिती : चल्दैनन् करोडौँका मेसिन

    प्रकाशित मितिः आइतवार, भदौ २३, २०८१       |
महिनामा २५ सयदेखि ३ हजारको हाराहारीमा सेवाग्राहीहरू अस्पताल पुग्ने गरेकोमा हाल २ हजार आसपासमा झरेका छन् । अर्काेतिर अस्पतालमा पुग्ने सेवाग्राहीहरू पनि महँगो मूल्य पर्ने जाँच निजी प्रयोगशालाहरूबाट गराउनुपर्दा आर्थिक भार र झन्झट बोक्न बाध्य छन् । अस्पतालमा साढे ७ हजारमा हुने सिटी स्क्यान नेपालगन्जको निजी प्रयोगशालामा जाँच गराउँदा १५ हजार तिर्नुपरेको सेवाग्राहीहरू बताउँछन् । वीरेन्द्र जैसी । नेपाल
बनेन ‘महभिर झरना’को भौतिक पूर्वाधार

बनेन ‘महभिर झरना’को भौतिक पूर्वाधार

    प्रकाशित मितिः शनिबार, भदौ २२, २०८१       |
बागलुङको निसीखोला गाउँपालिका–३ स्थित महभिरमा रहेको यो झरना दूरीका हिसाबले टाढा पनि छैन । समुद्री सतहदेखि करिब दुई हजार पाँच सय मिटर उचाइमा रहेको छ । झरनासम्म पुग्नका लागि सहज पदमार्ग तथा सडक भने छैन । बोहोरागाउँ र याङ्म्याङको बीचमा पर्ने यो झरना क्षेत्रमा बर्सेनि स्थानीय भिर मह काढ्नका लागि पुग्ने गर्छन् । झरनासँगै यो क्षेत्र ‘हनी हन्टिङ’ अर्थात् मह सिकारका लागि निकै उपयुक्त रहेको स्थानीय बताउँछन्
नेपालगन्जकी अनुजा सर्वोत्कृष्ट लघु उद्यमी घोषित

नेपालगन्जकी अनुजा सर्वोत्कृष्ट लघु उद्यमी घोषित

    प्रकाशित मितिः शनिबार, भदौ २२, २०८१       |
बाँके । नेपालगन्जकी सर्वोत्कृष्ट लघु उद्यमी अनुजा सिंह राठौंरलाई ५० हजार रुपैयाँ राशीको ‘डा. हरिहर देव पन्त लघु उद्यमशील पुरस्कार’ प्रदान गरिएको छ । शुक्रबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशबाट यसवर्षको ‘डा. हरिहर देव पन्त लघु उद्यमशील पुरस्कार’ नेपालगन्जकी उद्यमी राठौंरलाई प्रदान गरिएको हो । निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाबाट कर्जा लिएर २०७५ सालमा ‘अनुजा डेरी उद्योग’ सञ्चालन गरेकी उन
फेरियो रोल्पाको गंगादेव गाउँपालिकाको नाम र केन्द्र

फेरियो रोल्पाको गंगादेव गाउँपालिकाको नाम र केन्द्र

    प्रकाशित मितिः शनिबार, भदौ २२, २०८१       |
बाँके । मन्त्रिपरिषद् बैठकले रोल्पाको गंगादेव गाउँपालिकाको नाम र केन्द्र फेर्ने निर्णय गरेको छ । यसअघि ८ वैशाख २०८० को गाउँ सभाले गाउँपालिकाको नाम परिवर्तन गरी सुकिदह गाउँपालिका नामाकरण गर्ने र गाउँपालिकाको केन्द्र सुखाओडार (जिनावाङ) रहने गरी सिफारिस गर्ने निर्णय गरेको थियो । सोही अनुसार असोज २०८१ मै लुम्बिनी प्रदेश सरकारले गाउँपालिकाको नाम र केन्द्र फेर्ने प्रस्ताव संघीय सरकारलाई पठाउने निर
बर्दियामा गैंडाको आक्रमणबाट नेचर गाइडको मृत्यु

बर्दियामा गैंडाको आक्रमणबाट नेचर गाइडको मृत्यु

    प्रकाशित मितिः शनिबार, भदौ २२, २०८१       |
बाँके । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित डल्ला सामुदायिक वनमा गैंडाले आक्रमण गर्दा एकजना गाइड (पथ प्रदर्शक) को मृत्यु भएको छ । मधुवन नगरपालिका – १ स्थित डल्ला सामुदायिक वनमा शुक्रबार बिहान करिब ८ बजे गैंडाले आक्रमण गर्दा गाइडको मृत्यु भएको हो । मृत्यु हुनेमा ठाकुरद्वारा नगरपालिका–९ का ३५ वर्षीय मनमोहन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक (एसपी)