कोहलपुर ।
वागेश्वरी यातायात व्यवसायी प्रालि कोहलपुरले स्वर्गीय पदमबहादुर विकको परिवारलाई एक लाखको चेक हस्तान्तरण गरेको छ । गत बुधबार असामयिक निधन भएका विकको परिवारलाई समितिका अध्यक्ष मनप्रसाद आचार्यले मंगलबार परिवारलाई चेक हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा बोल्दै उनले वागेश्वरी यातायात व्यवसायी प्रालिका सदस्य विकलाई गुमाउँदा प्रालि स्तब्ध रहेको बताए । संस्थामा आबद्ध व्यवसाय र मजदुरहरु पनि शोकमा रहेको उनको भनाइ छ । प्रालिमा आबद्ध रहेका व्यवसायीहरुका दुःख सुखमा संस्था रहेको बताए ।
उनले परिवारलाई चेक हस्तान्तरण गर्दै शोकलाई शक्तिमा बदल्न आग्रह गरे । संस्थामा आबद्ध रहेका व्यवसायीको दुःखमा एक लाख रकम सहयोग गर्ने संस्थाको निर्णयअनुसार प्रदान गरिएको जानकारी दिए । सवारीसाधनको धनी रहेर यातायात व्यवसायमा रहेर काम गरिहेका विकको मृत्युले सिंगो यातायात क्षेत्र शोकमा डुबेको महासचिव टंकप्रसाद बस्यालले बताए ।
दुःखको क्षणमा संस्थाले थोरै भएपनि आर्थिक सहयोग गरेको उनको भनाइ छ । संस्थामा आबद्ध रहेका सिंगो कार्यसमिति स्वर्गीय विकको घरमा पुगेर श्रदाञ्जली अपर्णसमेत गरेको बताए । विगतदेखि नै संस्थामा आबद्ध रहेका वयवसायीको दुःखमा सहयोगका लागि समितिले निर्णय गरेअनुसार एक लाखको चेक हस्तान्तरण गरिएको जनाकारी दिए ।









प्रतिक्रिया दिनुहोस्