कोहलपुर (बाँके) ।
बाँकेको कोहलपुरमा पहिलोपटक ‘नक्स्ट मोडल कोहलपुर’ सिजन–१ हुँदैछ । बी नेक्स्ट इभेन्ट नेपाल प्रालिको आयोजनामा कोहलपुरमा ‘नेक्स्ट मोडल कोहलपुर’ सिजन–१ सुरु हुन लागेको हो । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै निर्देशक÷इभेन्ट कोर्डिनेटर भरत चन्द ठकुरीले युवाहरूको प्रतिभा पहिचान, मार्गदर्शन, स्थानीय कलाको प्रवद्र्धन र कोहलपुरको पहिचान झल्काउने उद्देश्यले कोहलपुरमा ‘नेक्स्ट मोडल कोहलपुर’ आयोजना गर्न लागिएको जानकारी दिए ।
पहिलो सिजन अन्तर्गत शनिबार आजदेखि अडिसन राउण्ड सुरु हुनेछ । निर्देशक ठकुरीका अनुसार ‘नेक्स्ट मोडल कोहलपुर’मार्फत स्थानीय युवाहरूको सिर्जनशिलता, मोडलिङ क्षमतालाई राष्ट्रियस्तरमा उजागर गर्ने, विशेषज्ञहरूबाट प्रशिक्षण गराई क्षमतावान युवा तयार गरिनेछ । कला, फेसन र साँस्कृतिक पहिचानलाई स्थानीय स्तरबाट राष्ट्रिय प्लेटफर्ममा ल्याउने र कोहलपुरलाई नेपालको फेसन र मोडलिङ हबको रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य रहेको निर्देशक ठकुरीले बताए ।
कार्यक्रममार्फत युवाहरूको रोजगारी, फ्रिलान्सिङ र ब्राण्ड एम्बेसडरको रूपमा करियर सुरु गर्न सक्ने, कोहलपुर साँस्कृतिक पर्यटन र फेसन इभेन्ट्सको केन्द्रको रूपमा पहिचान बनाउने उनले बताए । ‘नेक्स्ट मोडल कोहलपुर’मा १६ देखि ३० वर्ष उमेर समूहका युवायुवतीहरूले प्रतिष्पर्धा गर्ने र आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन् । सो अवसरमा उनीहरूलाई राष्ट्रिय फेसन इभेन्ट्स, डिजाइनर र एजेन्सीहरूसँग जोडिने मौका पाउने बताइएको छ ।
उत्कृष्ट प्रर्दशन गर्नेलाई पुरस्कार, प्रमाणपत्र र भविष्यका प्रतियोगिताहरूको प्रत्यक्ष प्रवेश पाउने उनले बताए । पत्रकार सम्मेलनमा बोल्दै मेकअप आटिस्ट प्रनिता केसीले ‘नेक्स्ट मोडल कोहलपुर’ तीन चरणमा हुने बताइन् । पहिलो चरणमा अडिसन हुनेछ । दोस्रो चरणमा सहभागीहरूबीच टेनिङ सेसन हुने र अबको १५ देखि २० दिनभित्र फिनाले हुने उनले बताइन् । फिलानेबाट ‘नेक्स्ट मोडल कोहलपुर’ पुरुष र महिला घोषणा गरिनेछ । फेसन डिजाइनर प्रतिभा खड्काले अडिसन जर्जका रूपमा शुभम बर्नवाल, मिलन शाही र प्रेरणा गिरी रहनेछन् ।









प्रतिक्रिया दिनुहोस्