काभ्रेमा यात्रुवाहक बस दुर्घटना, २३ जना घाइते



काभ्रेपलान्चोक ।

काभ्रेपलान्चोकको भुम्लु गाउँपालिकामा शनिबार यात्रुवाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। दुर्घटनामा परेका अधिकांश घाइते काभ्रेपलान्चोक र रामेछापका रहेका छन् । उनीहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेहरूमा काभ्रेपलान्चोकका १२, रामेछापका १० र गोरखाका १ जना रहेका छन्।

काभ्रेको भुम्लु गाउँपालिका–८ पौवास्थित भित्री सडक खण्डमा यात्रुवाहक बस दुर्घटनामा परेको हो । दुर्घटनामा २३ जना घाइते भएको काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए ।

अधिकांश घाइते काभ्रेपलान्चोक र रामेछापका रहेका छन् । काभ्रेपलान्चोकका १२, रामेछापका १० र गोरखाका एक जना घाइते भएका हुन् । घाइतेको घुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका घाइतेहरू

रामेछापको दोरम्बा गाउँपालिका–२ का ४६ वर्षीय भीमबहादुर मगर ।
रामेछापको दोरम्बा गाउँपालिका–७ का ४४ वर्षीय नम्बर सिंह तामाङ ।
रामेछापको दोरम्बा गाउँपालिका–४ का ४६ वर्षीया फुल माया तामाङ ।
काभ्रेको चौरीदेउराली गाउँपालिका–३ का अन्दाजी ३० वर्षीया रामबहादुर चापागाईं
काभ्रेको चौरी देउराली गाउँपालिका– ५ का अन्दाजी ४५ वर्षीय मिन बहादुर विक ।
रामेछापको दोरम्बा गाउँपालिका–७ का अन्दाजी २८ वर्षीय भुवन थापामगर ।
गोरखाको अजिरकोट गाउँपालिका– ४ का अन्दाजी ३५ वर्षीय कमल सुनार ।
काभ्रेको चौरीदेउराली गाउँपालिका–३ का २६ वर्षीय सुवास तामाङ ।
काभ्रेको चौरीदेउराली गाउँपालिका–५ का ४४ वर्षीया निर्मला खत्री ।
काभ्रेको चौरीदेउराली गाउँपालिका–९ का अन्दाजी २१ वर्षीय सरोज रसाइली ।
काभ्रेको चौरीदेउराली गाउँपालिका–२ का २६ वर्षीय राम गौतम
काभ्रेको चौरीदेउराली गाउँपालिका–४ का २१ वर्षीय सरोज विक ।
काभ्रेको चौरीदेउराली गाउँपालिका–३ का ७८ वर्षीय दोर्जे लामा
काभ्रेको चौरीदेउराली गाउँपालिका–३ का १७ वर्षीय प्रकाश गौतम
रामेछापको दोरम्बा गाउँपालिका–७ का ५९ वर्षीय असलमान तामाङ
रामेछापको दोरम्बा गाउँपालिका–७ का ६४ वर्षीय सुकलाल लामा
रामेछापको दोरम्बा गाउँपालिका–७ का ४५ वर्षीय शेर बहादुर तामाङ
रामेछापको दोरम्बा गाउँपालिका–४ का ५९ वर्षीय ४० वर्षीय तारा बहादुर श्रेष्ठ
रामेछापको दोरम्बा गाउँपालिका–७ की १५ वर्षीया दिव्या थापा मगर
रामेछापको दोरम्बा गाउँपालिका–४ ५१ वर्षीय चेत बहादुर श्रेष्ठ
काभ्रेको चौरी देउराली गाउँपालिका–३ का ५८ वर्षीया माइली तामाङ
काभ्रेको चौरी देउराली गाउँपालिका–५ की ६४ वर्षीया मैयाँ बुढाथोकी
काभ्रेको चौरी देउराली गाउँपालिका–५ का ४१ वर्षीय जनक रिजाल

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ३ गते शनिबार