खजुरा (बाँके) ।
कलाकार मोडल राजु सुनारले आफ्नो जन्मदिनमा नयाँ म्युजिक भिडिओ सार्वजनिक गरेका छन् । बर्दिया बढैयाताल– २ जमुनी सितापुर निवासी हाल नेपालगन्ज बस्ने मोडेल कलाकार सुनारलले एक समारोबीच म्युजिक भिडिओ सार्वजनिक गरेका हुन् । नेपाली आधुनिक गीत ‘नसाँचो बोलेउ तिमी’ मा चर्चित गायक प्रमोद खरेलको आवाज रहेको छ ।
भिडिओ बाँकेको खजुरामा एक समारोहबीच सार्वजनिक गरिएको हो । कृष्णा रोका ‘अलपत्र’को शब्द रहेको गीतमा सन्तोष श्रेष्ठले संगीत भरेका हुन । सिनेमटोग्राफीमा प्रविन खड्काले गरेका हुन् भने भिडिओको सम्पादन दीपक विष्टले गरेका हुन् । प्रविन खड्काले निर्देशन गरेको म्युजिक भिडिओमा राजु सुनार, गीता खड्का र जयालाल डाँगीले अभिनय गरेका हुन् ।
मोडल राजुले आफ्नो जन्मदिनको अवसर पारेर भिडिओ सार्वजनिक गरेका हुन् । खजुरास्थित द मण्डला क्याफे एण्ड रेष्ट्रोमा जन्मदिन मनाउँदै भिडिओ सार्वजनिक गरिएको हो । म्युजिक भिडिओ दाङ घोराहीको घोर्दौराको विभिन्न स्थानमा छायाँकन गरिएको थियो । मोडल सुनार एम्बुलेन्स चालक पनि हुन । कलाकारितामा सक्रिय सुनार पछिल्ला दिनमा म्युजिक भिडिओहरूमा देखिँदै आएका छन् । गीतको म्युजिक भिडिओ जलजला टिभिको युटुब च्यानलमा हेर्न सकिन्छ ।









प्रतिक्रिया दिनुहोस्