कोहलपुर भ्यू टावरका भित्ता रंग्याइरहेका छन्, नेपालगन्जका राजेश परियारले । ३५ वर्षदेखि भित्ता रंग्याउन सुरु गरेका परियार आफ्नै क्षेत्रमा काम गर्न पाउँदा खुसी लागेको बताउँछन् । कोहलपुर नगर विकास समितिको प्रस्तावमा आफूले काम गरिरहेको उनको भनाइ छ । परियारसँगै एक जना अर्का चित्रकारसमेत छन् । दुवै जना मिलेर कोहलपुर भ्यू टावरलाई केही हप्तामा रंगीचंगी बनाउने उनीहरूको योजना रहेको छ ।
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
कोहलपुर गौरवका आयोजनामध्येको एक हो ‘कोहलपुर भ्यू टावर’ । भ्यू टावर २०८० माघमा सर्वसाधारणका लागि खुला गरिएको थियो । सुरुमा भ्यू टावर अवलोकनका लागि शुल्क निर्धारण गरियो । केही समय आन्तरिक पर्यटकको रोजाइमा समेत प¥यो । भ्यू टावर प्रवेशका लागि सर्वसाधारणले प्रतिव्यक्ति ७५ रूपैयाँँ तिर्दै आएका थिए । ५ करोड ५३ लाख लागतमा निर्माण गरिएको भ्यू टावर अहिले प्रयोगविहीन छ ।
सुरुमा नगर प्रहरीको निगरानीमा परीक्षणका रूपमा सञ्चालन गरिएपनि लामो समय सञ्चालन हुन सकेन । यो भ्यू टावर तत्कालीन नगर प्रमुख लूटबहादुर रावतको पालामा शिलान्यास गरिएको थियो । स्थानीय सरकारले ठेक्का प्रक्रियामार्फत सञ्चालन गर्र्ने प्रयास गरेपछि सफल नहुँदा आफैँ सञ्चालनको लागि हौसियो । तर, करोडौँ लागतमा निर्माण गरिएको भ्यू टावर सञ्चालनमा समस्या आयो ।
कोहलपुरको चिनारीको रूपमा रहेको कोहलपुर भ्यू टावर सञ्चालन अझै अन्यौलग्रस्त छ । यसैबीच कोहलपुर नगर विकास समितिको अगुवाइमा भ्यू टावरका भित्ता रंग्याउन सुरु गरिएको छ । कोहलपुर नगर सौन्दर्यकरण कार्यक्रमअन्तर्गत भ्यू टावरका भित्तामा थरीथरीका चित्र बनाउन सुरु गरिएको हो ।
भित्ताहरूमा थरीथरीका चित्र बनाउन सुरु गरिएको छ । कोहलपुर भ्यू टावरका भित्ता रंग्याइरहेका छन्, नेपालगन्जका राजेश परियारले । ३५ वर्षदेखि भित्ता रंग्याउन सुरु गरेका परियार आफ्नै क्षेत्रमा काम गर्न पाउँदा खुसी लागेको बताउँछन् । कोहलपुर नगर विकास समितिको प्रस्तावमा आफूले काम गरिरहेको उनको भनाइ छ ।
परियारसँगै एक जना अर्का चित्रकारसमेत छन् । दुवै जना मिलेर कोहलपुर भ्यू टावरलाई केही हप्तामा रंगीचंगी बनाउने उनीहरूको योजना रहेको छ । उनी करिब २ हप्ता कोहलपुरमा रहनेछन् । भित्तामा नेपालका राष्ट्रिय विभूतिहरू, नेपालका राष्ट्रिय चिन्हहरू, कोहलपुर झल्काउने धार्मिक एवं सांस्कृतिक चित्र, पर्यटन प्रवद्र्धनका लागि बाघसहितका जनावर लगायतका चित्र बनाइनेछ ।
कोहलपुर नगर विकास समितिको आठ लाख रूपैयाँँ लगानीमा चित्रहरू बनाउन सुरु गरिएको इन्जिनियर अम्मरबहादुर बुढाथोकी बताउँछन् । उनका अनुसार नगर सौन्दर्यकरण कार्यक्रमअन्तर्गत नेपालगन्जबाट चित्रकार बोलाएर चित्र बनाउने काम सुरु भएको छ । उनले ६ दर्जनभन्दा बढी चित्र बनाइने बताए ।
‘भू टावर कोहलपुरको चिनारी हो । यसका माध्यमबाट कोहलपुरको सौन्दर्यकरण र आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले चित्र बनाउन खोजिएको हो ।’ उक्त क्षेत्रमा १८ सय क्वायर फिट क्षेत्रमा चित्र निर्माण गरिनेछ । यसको कूल लागत ८ लाख लागत लाग्ने जनाइएको छ । यस्तै नगर विकास समितिको लगानीमा नगर क्षेत्रका मुख्य सडक क्षेत्रमा ट्राफिक लाइट जडान गरिने इन्जिनियर बुढाथोकीले मिसन टुडेलाई जानकारी दिए ।
उनका अनुसार कोहलपुरको न्यूरोडदेखि दश विगाहासम्म, हरियाली मार्गदेखि कृषि चोक र एनटिभी रोडदेखि एनटिभी कोहलपुरको कार्यालयसम्म जेब्रा क्रसिङ बनाउने योजना रहेको छ । स्थानीय भक्तबहादुर बुढाले नगर विकास समितिले नमुना काम गरेको बताए । उनका अनुसार कोहलपुर गौरवको रूपमा रहेको भ्यू टावर सञ्चालनमा स्थानीय सरकारले ध्यान दिनुपर्छ ।
भ्यू टावरको भित्तामा चित्र कोरिरहेका परियारले सानै उमेरदेखि चित्रकलामा रुचि राख्थे । उनले विद्यालय उमेरपछि पहिलोपटक धनगढीमा गएर चित्र बनाउन सुरु गरेको बताए । उनका अनुसार उनी पछि उक्त सीप व्यवसायिक बनाउन भारतसमेत पुगे । त्यहाँ उनी २ वर्ष बसे । पछि नेपालमै आएर चित्र बनाउने पेसालाई निरन्तरता दिए । पछि चित्रकलालाई व्यवसायिक रूपमा अघि बढाएको परियारले बताए ।
‘यसमा कमाइ राम्रो छ । यस्तो पेसा धेरै गर्दैनन् । केही सङ्ख्यामा मात्रै हुने भएकाले माग धेरै हुन्छ । कमाइसमेत राम्रो छ । यसैबाट जीविकोपार्जन गरिरहेको छु ।’ यसअघि उनले धनगढीमा एक वर्ष सौन्दर्यकरणको काम गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्