रूकुम पश्चिम ।
रूकुम पश्चिमको मुसिकोट नगरपालिकामा सञ्चालित बुद्धभूमि मानव सेवा आश्रमलाई चामलमा छुट दिइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३ प्रतिशत छुट दिने भएको हो । कम्पनी र आश्रमबीच छुटको सम्झौता भएको छ ।
कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत आश्रममा आश्रित व्यक्तिहरूको खाद्य सुरक्षा प्रत्याभूतिका लागि चामलमा नियमित मूल्यमा ३ प्रतिशत छुट दिने सम्झौता भएको कम्पनीले जनाएको छ ।
आश्रमबाट माग भइ आएअनुसार कम्पनीको २०८१ पुस २ गतेको निर्णयले संस्थागत खरिदकर्ताका लागि ३ प्रतिशत छुट दिन सक्ने निर्णय गरेको हुनाले उक्त निर्णयको प्रावधान अनुसार कम्पनीको जिल्ला शाखा रूकुम पश्चिमबाट छुट दिइने कम्पनीको भनाइ छ ।
आश्रममा हाल ४ महिला र ४ पुरुष गरी ८ जना संरक्षणविहीन व्यक्तिहरू रहेको आश्रमका जिल्ला सहसंयोजक भिमा खड्काले जानकारी दिइन् । मुसिकोट १ सल्लेमा रहेको आश्रममा विशेष गरी संरक्षणविहीन बनेर सडक मानवको रूपमा रहेका व्यक्तिहरूलाई राखिएको छ ।
आश्रम सञ्चालनका लागि विभिन्न व्यक्ति तथा संस्थाहरूले सहयोग गरिरहेका छन् । जिल्ला अस्पतालले आश्रममा रहेका व्यक्तिहरूको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको छ ।









प्रतिक्रिया दिनुहोस्