आस्था बहुउद्धेश्यीय सहकारीको साधारणसभा सम्पन्न



कोहलपुर, ०१ मंसिर/   कोहलपुर नगरपालिका स्थित ११ मा रहेको आस्था बहुउद्धेश्यीय सहकारी संस्थाको ९ औं साधारण सभा विहिबार कोहलपुरमा सम्पन्न भएको छ ।

साधारणसभामा आ.व. २०७३÷७४ को आय÷व्यय विवरण र ७४÷७५ को अनुमानित कार्ययोजना प्रस्तुत गरिएको छ । सहकारीले आ.व. २०७३÷७४ मा २ करोड ८५ लाख ५१ हजार संकलन गरी रु. ७३ लाख ७६ हजार ३ सय ५४ रुपैंया लगानी गरेको थियो ।

चालु आ.व. मा १ करोड ८१ लख ३६ हजार ५ सय ५२ रुपैंया गरेको संस्थाको आर्थिक प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी चालु आर्थिक वर्षमा १ करोड ५५ लाख ८५ हजार ९ सय १४ रुपैंया अशुली गर्ने लक्ष्य रहेको छ ।
संस्थाले हालसम्म कर्जा लगानीका प्रमुख ४ क्षेत्रहरुमा कृषी, व्यापार, सामाजिक र पशुपक्षीं क्षेत्रमा १६ प्रतिशत व्याजदरमा लगानी गर्दै आईरहेको संस्थाका अध्यक्ष हरी चालिसेले जानकारी दिए । संस्थाको ९औं साधारणसभामा वर्षभरी गरेका कामहरुको प्रगती प्रतिवेदन र आयव्ययको लेखा प्रतिवेदन समेत प्रस्तुत गरीएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर १ गते शुक्रबार